टेम्माका वडाध्यक्ष थापा मगरको निधन

Jagaran Post २६ बैशाख २०७९, सोमबार ११:२१

खोटाङ – खोटाङको दिप्रुङ चुईचुम्मा गाउँपालिका ७ टेम्माका वडाध्यक्ष धनबहादुर थापा मगरको निधन भएको छ।

फोक्सोमा पानी जमेपछि बिरामी भएका थापा मगरको पाँच वर्षे कार्यकाल सकिन लाग्दा आइतबार राति २ बजे आफ्नै निवासमा निधन भएको हो।

गत ७ वैसाखमा उपचारका लागि नोवेल अस्पताल विराटनगरमा लगिएका थापा मगरलाई आइतबार राति ८ बजे घर ल्याइएको थियो।

थापा मगर २०७४ सालको स्थानीय तहको निर्वाचनमा कांग्रेसकातर्फबाट वडाध्यक्षमा विजयी बनेका थिए।

१५ मंसिर १९९७ मा जन्मिएका उनी गाउँपालिकाकै ज्येष्ठ जनप्रतिनिधि थिए। कांग्रेस दिप्रुङ चुईचुम्मा गाउँपालिका सभापति अमृत गिरीका अनुसार थापा मगरलाई अक्सिजन दिएर घर ल्याइएको थियो।

पञ्चायत कालमा २०२२ सालदेखि राजनीतिमा लागेका थापा मगर २०३३ सालमा वडाध्यक्ष, २०३८ सालमा प्रधानपञ्च र २०४९ सालमा गाविस अध्यक्ष भएका थिए।

Facebook Comments

जागरण टिभी

सम्पादकीय

सबै हेनुर्होस

अन्तर्राष्ट्रिय महिला दिवस – दुर्गममा पिल्सिएका महिलाको क्रन्दन सुनियोस

आज अन्तर्राष्ट्रिय महिला दिवस, महिला हकहित, सशक्तिकरण, लैंगिक विभेद एवं हिंसा अन्त्य एवं अधिकार प्राप्तीको सवालमा यस दिवसको अवसर पारेर अझ यौटा नयाँ मार्गको साझा

Subodh Regmi २४ फाल्गुन २०७९, बुधबार ०६:०६

विशेष सम्पादकीय – महिलालाई उपप्रमुखको मात्र जिम्मेवारी किन?

Jagaran Post ९ बैशाख २०७९, शुक्रबार २३:१८

बिकास र निकासको संवाहक बनोस – नयाँवर्ष

Jagaran Post १ बैशाख २०७९, बिहीबार ०७:२५

प्रधानमन्त्रीको सम्बोधन – न उत्साह, न नै उत्सुकता !

Jagaran Post ८ माघ २०७८, शनिबार ०८:५५