स्थानीय प्रशासनले मदिरा बिक्री–वितरणमा रोक

Jagaran Post २६ बैशाख २०७९, सोमबार १६:४७

सिमकोट – स्थानीय प्रशासनले मदिरा बिक्री–वितरणमा रोक लगाएको छ। वैशाख २७ गते राति १२ बजेबाट मतगणना कार्य सम्पन्न नहुँदासम्मका लागि मदिरा बिक्री–वितरणमा रोक लगाइएको हो।

स्वच्छ, निष्पक्ष, भयरहित र शान्तिपूर्ण रूपमा निर्वाचन सम्पन्न गर्न मदिरा बेचबिखनमा पूर्ण रोक लगाएको प्रमुख जिल्ला अधिकारी सीता परियारले बताइन्।

उनले निर्वाचन सुुरक्षा व्यवस्था २०७८ को दफा ६(थ) तथा जिल्ला कमान्ड पोस्ट् तथा जिल्ला निर्वाचन सेलको निर्णयअनुसार मदिरा बिक्रीमा रोक लगाएको जानकारी दिइन्।

वैशाख २७ गते राति १२ बजेबाट मतगणना कार्यको नतिजा घोषणा नभएसम्मका लागि मदिरा बिक्री गर्न पाइने छैन।

यो नियम जिल्लाका सात वटै गाउँपालिकामा लागू हुनेछ। यस निर्णयविरुद्ध कार्य गरेको पाइए कानुनी कारबाही गर्नेसमेत जनाइएको छ। हाल सात बजेपछि मदिरा बिक्रीमा रोक लाग्दै आएको छ।
Facebook Comments

जागरण टिभी

सम्पादकीय

सबै हेनुर्होस

अन्तर्राष्ट्रिय महिला दिवस – दुर्गममा पिल्सिएका महिलाको क्रन्दन सुनियोस

आज अन्तर्राष्ट्रिय महिला दिवस, महिला हकहित, सशक्तिकरण, लैंगिक विभेद एवं हिंसा अन्त्य एवं अधिकार प्राप्तीको सवालमा यस दिवसको अवसर पारेर अझ यौटा नयाँ मार्गको साझा

Subodh Regmi २४ फाल्गुन २०७९, बुधबार ०६:०६

विशेष सम्पादकीय – महिलालाई उपप्रमुखको मात्र जिम्मेवारी किन?

Jagaran Post ९ बैशाख २०७९, शुक्रबार २३:१८

बिकास र निकासको संवाहक बनोस – नयाँवर्ष

Jagaran Post १ बैशाख २०७९, बिहीबार ०७:२५

प्रधानमन्त्रीको सम्बोधन – न उत्साह, न नै उत्सुकता !

Jagaran Post ८ माघ २०७८, शनिबार ०८:५५