दाङमा सवारी दुर्घटनामा दुई जनाको मृत्यु

Jagaran Post २७ बैशाख २०७९, मंगलवार १६:०६

 दाङ — सवारी दुर्घटनामा परी गढवामा दुई जनाको मृत्यु भएको छ । सोमबार गढवामा जिप र मोटरसाइकल ठोक्किँदा गम्भीर घाइते भएका दुई जनाको उपचारका क्रममा मंगलबार मृत्यु भएको हो । मृत्यु हुनेमा गढवा गाउँपालिका ६ आँटीपाकरका २० वर्षीय अरुण चौधरी र २३ वर्षीय सुरज चौधरी रहेका छन् ।

घाइते दुवै जनालाई लमही अस्पतालमा प्राथमिक उपचारपछि थप उपचारका लागि नेपालगन्ज रिफर गरिएको थियो । नेपलागन्जमा उपचारका क्रममा उनीहरुको मृत्यु भएको हो । लमहीदेखि गढवा जाँदै गरेको वाग्मती प्रदेश ०१–०२७ च ००७७ नम्बरको जिप र गढवाबाट लमहीतर्फ जाँदै गरेको रा ६ प ७३७९ नं.को मोटरसाइकल गढवा गाउँपालिका ५ सिक्रहवामा ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जना घाइते भएका थिए ।

गाडी र चालकलाई नियन्त्रणमा लिई अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

Facebook Comments

जागरण टिभी

ताजा अपडेट

सबै हेनुर्होस

सम्पादकीय

सबै हेनुर्होस

विशेष सम्पादकीय – महिलालाई उपप्रमुखको मात्र जिम्मेवारी किन?

 महिलालाई प्रतिनिधित्वमा ल्याउने होइन आफै आउन सक्ने बनाउनु पर्दछ। त्यसैले सबै महिलाहरु सचेत, शिक्षित, जागरुक र सशक्त बन्दै आत्मविश्वास, दृढ ईच्छाशक्ति तथा आफ्नो क्षमताको विकास गर्दै

Jagaran Post ९ बैशाख २०७९, शुक्रबार २३:१८

बिकास र निकासको संवाहक बनोस – नयाँवर्ष

Jagaran Post १ बैशाख २०७९, बिहीबार ०७:२५

प्रधानमन्त्रीको सम्बोधन – न उत्साह, न नै उत्सुकता !

Jagaran Post ८ माघ २०७८, शनिबार ०८:५५

फितलो कानुन, कमजोर सुरक्षा संयन्त्र

Jagaran Post १ माघ २०७८, शनिबार १०:१८