तनहुँको घिरिङमा कांग्रेस र एमालेका कार्यकर्ताबीच ढुंगा हानाहान

Jagaran Post २७ बैशाख २०७९, मंगलवार १७:२३

तनहुँ – तनहुँको घिरिङ गाउँपालिकामा एमाले र कांग्रेसका कार्यकर्ताबीच ढुंगा हानाहान भएको छ। गाउँपालिकाको कार्यालय पोखरीछाप परिसरमा ढुंगा हानाहान भएको हो। दुई समूहको ढुंगा हानाहानले केही बेर स्थिति तनावग्रस्त बन्न पुगेको थियो।

कांग्रेस कार्यकर्ताले हानेको ढुंगा लागेर एमालेका कार्यकर्ताले चढ्दै आएको ग २ च १८०५ नम्बरको कारमा क्षति पुगेको पोखरीछाप प्रहरी चौकीका प्रहरी निरीक्षक राजकुमार विकले बताए। उनका अनुसार गाडीको सिसा फुटेको छ।

घिरिङ गाउँपालिका–५ मा चुनावी र्‍यालीमा सहभागी हुन पुगेका बालक नदीमा डुवेर बेपत्ता भएको विषयमा विवाद हुँदा सामान्य झडप भएको हो। सोमबार नेपाली कांग्रेसको चुनावी र्‍यालीमा सहभागी हुन पुट्टार पुगेका घिरिङ–५ का १२ वर्षीय ईश्वर विक कालीगण्डकी नदीमा पौडी खेल्ने क्रममा बेपत्ता भएका छन्।

आफ्नै हजुरआमा निरमाया विक दलित महिला सदस्यको उम्मेदवार भएपछि उनी र्‍यालीमा सहभागी भएको कांग्रेस घिरिङ गाउँपालिकाका सभापति यामबहादुर थापाले बताए। उनले सोमबारको बृहत् चुनावी सभामा सहभागी नभएको तर केही दिनदेखि पुट्टार आफन्तकोमा रहेका उनी र्‍यालीसहित पुगेका आफन्तसँग घर फर्किएको दाबी गरे।

बेपत्ता विकको खोजीकार्य भइरहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ। बेपत्ता विकको स्थानीय र प्रहरीको सक्रियतामा खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक युवराज खड्काले बताए।

Facebook Comments

जागरण टिभी

ताजा अपडेट

सबै हेनुर्होस

सम्पादकीय

सबै हेनुर्होस

विशेष सम्पादकीय – महिलालाई उपप्रमुखको मात्र जिम्मेवारी किन?

 महिलालाई प्रतिनिधित्वमा ल्याउने होइन आफै आउन सक्ने बनाउनु पर्दछ। त्यसैले सबै महिलाहरु सचेत, शिक्षित, जागरुक र सशक्त बन्दै आत्मविश्वास, दृढ ईच्छाशक्ति तथा आफ्नो क्षमताको विकास गर्दै

Jagaran Post ९ बैशाख २०७९, शुक्रबार २३:१८

बिकास र निकासको संवाहक बनोस – नयाँवर्ष

Jagaran Post १ बैशाख २०७९, बिहीबार ०७:२५

प्रधानमन्त्रीको सम्बोधन – न उत्साह, न नै उत्सुकता !

Jagaran Post ८ माघ २०७८, शनिबार ०८:५५

फितलो कानुन, कमजोर सुरक्षा संयन्त्र

Jagaran Post १ माघ २०७८, शनिबार १०:१८