सिमकोट विमानस्थलको सुरक्षाको जिम्मा सेनाले लिदै

Jagaran Post २८ बैशाख २०७९, बुधबार १६:०३

सिमकोट – सिमकोट विमानस्थलको सुरक्षाको जिम्मा सेनाले लिएको छ।

निर्वाचनको समयमा महत्वपूर्ण संरचनाको जिम्मा नेपाली सेनाले लिनुपर्ने प्रावधानअनुसार सिमकोट विमानस्थलको सुरक्षाको जिम्मा सेनाले लिएको जनाएको हो।

बराहदलगुल्म रानीवनका गुल्मपति गणेश खड्काका अनुसार जिल्ला सुरक्षा समितिको अनुुरोधमा सेनाले वैशाख २० गतेदेखि सेनाले विमानस्थलको सुरक्षाको जिम्मा लिएको हो।

जिल्लाका ५४ वटै मतदान केन्द्रमा प्रत्यक्ष रूपमा नेपाल प्रहरी खटिने भएका कारण प्रहरीको कमी भएपछि सेनाले विमानस्थलको सुुरक्षा लिएको हो।

विमानस्थल सुुरक्षा चौकीका प्रहरी विभिन्न मतदान केन्द्रका खटिएका छन्।

अर्को कुरा विशेष अवस्थामा महत्वपूर्ण संरचनाको सुुरक्षा सेनाले लिने प्रचलनअनुुसार उनले हुुम्ला विमानस्थलको सुरक्षा लिनुपरेको बताए।
अब विमानस्थलको सुुरक्षा सेनाले मतदानपश्चात् सम्पूर्ण मतगणना कार्य सम्पन्न नभएसम्मका लागि लिने उनले बताए। सेना चौबीसै घण्टा विमानस्थलमा खटिँदै आएको छ।

Facebook Comments

जागरण टिभी

ताजा अपडेट

सबै हेनुर्होस

सम्पादकीय

सबै हेनुर्होस

नक्कली भुटानी शरणार्थी प्रकरण : ओलीको अस्वाभाविक चलखेल

नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाईदिने `धन्दा´ नै चलाएर मोटो रकम असुल्दै आएका नेपालका हाईप्रोफाईल नेतादेखि कर्मचारीसम्म एकाएक मुछिएर आएपछि नेपालको राजनीति मात्र तरंगित बनेको

Bijay Gyawali २३ बैशाख २०८०, शनिबार २३:१७

तीन चुनाव , तीन सन्देश

Bijay Gyawali १३ बैशाख २०८०, बुधबार १४:३३

अन्तर्राष्ट्रिय महिला दिवस – दुर्गममा पिल्सिएका महिलाको क्रन्दन सुनियोस

Bijay Gyawali २४ फाल्गुन २०७९, बुधबार ०६:०६

विशेष सम्पादकीय – महिलालाई उपप्रमुखको मात्र जिम्मेवारी किन?

Jagaran Post ९ बैशाख २०७९, शुक्रबार २३:१८