विश्व महिला बक्सिङ च्याम्पियनसिपमा प्रतिस्पर्धात्मक खेलमा पहिलो चरणमै चुकिन् सुष्मा

Jagaran Post २८ बैशाख २०७९, बुधबार १७:२८

काठमाडौं । नेपाली बक्सर सुष्मा तामाङ टर्कीको इस्तानबुलमा जारी आईबा महिला विश्व बक्सिङ च्याम्पियनसिपको पहिलो चरणमै पराजित भएकी छन् ।

मिनिममवेटअन्तर्गत ४६ देखि ४८ केजी मुनी तौलसमूहमा सुष्माले मंगोलियाकी जान्चिन न्याम्सुरेनसँग स्प्लिट डिसिजन (पाँचजना निर्णायकबीचको मत)का आधारमा ३–२ ले पराजित भइन् ।

पहिलो राउण्डमा कमजोर देखिएकी सुष्मा दोस्रो र तेस्रो राउण्डमा मंगोलियाली खेलाडीमाथि हावी थिइन् । तर, बराबर प्रतिस्पर्धा भएपछि निर्णायकहरुले समग्रताका आधारमा निर्णय सुनाउँदा मंगोलियाली खेलाडीको पक्ष लिए ।

विश्व च्याम्पियनसिपमा नेपालबाट चार खेलाडी सहभागी छन् । फ्लाइवेट ५० देखि ५२ केजी मुनी तौलसमूहमा नेपालकी मिनु गुरुङले बुधबार नै जापानी खेलाडी रिंका किनोशितासँग खेल्दैछिन् ।

Facebook Comments

जागरण टिभी

ताजा अपडेट

सबै हेनुर्होस

सम्पादकीय

सबै हेनुर्होस

विशेष सम्पादकीय – महिलालाई उपप्रमुखको मात्र जिम्मेवारी किन?

 महिलालाई प्रतिनिधित्वमा ल्याउने होइन आफै आउन सक्ने बनाउनु पर्दछ। त्यसैले सबै महिलाहरु सचेत, शिक्षित, जागरुक र सशक्त बन्दै आत्मविश्वास, दृढ ईच्छाशक्ति तथा आफ्नो क्षमताको विकास गर्दै

Jagaran Post ९ बैशाख २०७९, शुक्रबार २३:१८

बिकास र निकासको संवाहक बनोस – नयाँवर्ष

Jagaran Post १ बैशाख २०७९, बिहीबार ०७:२५

प्रधानमन्त्रीको सम्बोधन – न उत्साह, न नै उत्सुकता !

Jagaran Post ८ माघ २०७८, शनिबार ०८:५५

फितलो कानुन, कमजोर सुरक्षा संयन्त्र

Jagaran Post १ माघ २०७८, शनिबार १०:१८