एजेंसी – बंगलादेशको राजधानी ढाकामा भीषण आगलागी हुँदा कम्तीमा ५० जनाको मृत्यु भएको छ ।
डेली स्टारका अनुसार बुधबार रातिबाट सुरु भएकाे आगलागीमा परि कम्तीमा ४० जना गम्भीर घाइते भएको जनाएको छ । रासायनिक पदार्थ राखिएको घरबाट फैलिएको आगो आसपासका घरमा समेत लागेको थियो ।
आगो निभाउनका लागि ३७ वटा दमकल प्रयोग गरिएको थियो । अहिलेसम्म १२ जनाको शव निकालिएको छ भने आगो लगभग निभाइसकिएको छ । आगो पूर्ण रुपमा निभाइसकेपछि अरु शवहरु निकालिने बंगलादेशी अधिकारीले जानकारी दिएका छन् ।
आसपासका केही मानिसहरुले भने सिलिण्डर पड्केर आगलागी सुरु भएको बताएका छन् ।