कास्कीको एक मात्र महिला कर्मचारी र सुरक्षाकर्मी रहेको मतदान केन्द्र

Jagaran Post २८ बैशाख २०७९, बुधबार २०:२९

पोखरा : आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनको तयारी भइरहेको छ। कास्कीको पोखरा-६ बैदामको अन्नपूर्ण आधारभूत विद्यालयमा महिला मतदान अधिकृत, सुरक्षाकर्मीलगायत सम्पूर्ण कर्मचारी महिला रहेका छन्।   यस मतदान केन्द्रमा निर्वाचन कार्यालयबाट मतदान अधिकृत सविता ढुंगनाको नेत्तृत्वमा ५ जना महिला कर्मचारी ३ जना स्वंयसेवी महिलासहित ८ जना र प्रहरी र म्यादी प्रहरीसमेत ८ जना गरेर १६ जना महिलाले एतिहासिक स्थानीय तहको निर्वाचन सम्पन्न गर्ने गरी तयारी गरेका छन्।   निर्वाचन सम्पन्न गर्न बुधबार बिहान सर्वदलीय बैठक बसेर आचारसंहितामा प्रतिवद्धता जनाउन लगाएको मतदान अधिकृत ढुंगनाले बताइन्। सबै दलका प्रतिनिधिले शान्तिपूर्णरुपमा मतदान सम्पन्न गराउने प्रतिवद्धता जनाएको पनि उनले बताइन्।

कास्कीकै एक मात्र महिलाले सम्पन्न गराउने गरी निर्वाचन कार्यालयले जिम्मेवारी दिएकोले त्यसै अनुसार निर्वाचन सम्पन्न गराउने गरी तयारी गरिएको पनि उनले सुनाइन्।

यो ऐतिहासिक जिम्मेवारीलाई निस्पक्षरुपमा सम्पन्न गर्ने गरी काम भइरहेको पनि उनले बताइन्। कास्कीमा पोखरा-६ बैदामको अन्नपूर्ण आधारभूत विद्यालयमा मात्र सम्पूर्ण कर्मचारी र सुरक्षाकर्मी महिला रहेको प्रदेश निर्वाचन कार्यालय गण्डकी पोखराका सूचना अधिकारी रुद्र न्यौपानेले बताए।

कास्कीमा ३ सय ३६ मतदान केन्द्र रहेको छ भने १५० मतदानस्थल रहेको छ। स्थानीय तहको निर्वाचनकालागि ३ सय ३६ मतदान केन्द्रमा १६ सय ८० कर्मचारी खटिएका छन्। यसैगरी १ सय ५० मतदानस्थलमा एक मतदानस्थलमा ७ जनाको दरले १ हजार ५० जना सुरक्षाकर्मी खटिएको पनि निर्वाचन कार्यालयले जनाएको छ।

Facebook Comments

जागरण टिभी

ताजा अपडेट

सबै हेनुर्होस

सम्पादकीय

सबै हेनुर्होस

विशेष सम्पादकीय – महिलालाई उपप्रमुखको मात्र जिम्मेवारी किन?

 महिलालाई प्रतिनिधित्वमा ल्याउने होइन आफै आउन सक्ने बनाउनु पर्दछ। त्यसैले सबै महिलाहरु सचेत, शिक्षित, जागरुक र सशक्त बन्दै आत्मविश्वास, दृढ ईच्छाशक्ति तथा आफ्नो क्षमताको विकास गर्दै

Jagaran Post ९ बैशाख २०७९, शुक्रबार २३:१८

बिकास र निकासको संवाहक बनोस – नयाँवर्ष

Jagaran Post १ बैशाख २०७९, बिहीबार ०७:२५

प्रधानमन्त्रीको सम्बोधन – न उत्साह, न नै उत्सुकता !

Jagaran Post ८ माघ २०७८, शनिबार ०८:५५

फितलो कानुन, कमजोर सुरक्षा संयन्त्र

Jagaran Post १ माघ २०७८, शनिबार १०:१८