मतदाता परिचयपत्र नभए जग्गाको लालपूर्जा देखाएर पनि भोट हाल्न पाइने व्यवस्था

Jagaran Post २८ बैशाख २०७९, बुधबार २०:४१

काठमाडौं : निर्वाचन आयोगले मतदाता परिचयपत्र नभएका मतदाताले परिचय खुल्ने काजगातबाट मतदान गर्न पाउने व्यवस्था गरेको छ।

कतिपयको मतदाता परिचयपत्र हराएको र कतिले लिन नभ्याएको अवस्थामा नागरिकताको प्रमाणपत्र, राष्ट्रिय परिचयपत्र, राहदानी (पासपोर्ट), जग्गाधनी प्रमाणपूर्जा (लालपूर्जा)को सक्कल प्रमाणका आधारमा मतदान गर्न पाउने आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए।

उनकाअनुसार स्थानीय तहको वैशाख ३० गते हुने निर्वाचनका लागि परिचय खुल्ने कागजातबाट मतदान गर्न आयोगबाट प्रकाशित अन्तिम मतदाता नामावलीमा नाम समावेश हुनुपर्नेछ।

‘अन्तिम मतदाता नामावली विवरणसँग भिडाई यकिन गरी मतदान गर्न पाउने व्यवस्था गर्न सम्बन्धित निर्वाचन अधिकृतलाई निर्देशन पठाइसकिएको छ,’ प्रवक्ता शर्माद्वारा जारी विज्ञप्तिमा भनिएको छ।

 

Facebook Comments

जागरण टिभी

ताजा अपडेट

सबै हेनुर्होस

सम्पादकीय

सबै हेनुर्होस

विशेष सम्पादकीय – महिलालाई उपप्रमुखको मात्र जिम्मेवारी किन?

 महिलालाई प्रतिनिधित्वमा ल्याउने होइन आफै आउन सक्ने बनाउनु पर्दछ। त्यसैले सबै महिलाहरु सचेत, शिक्षित, जागरुक र सशक्त बन्दै आत्मविश्वास, दृढ ईच्छाशक्ति तथा आफ्नो क्षमताको विकास गर्दै

Jagaran Post ९ बैशाख २०७९, शुक्रबार २३:१८

बिकास र निकासको संवाहक बनोस – नयाँवर्ष

Jagaran Post १ बैशाख २०७९, बिहीबार ०७:२५

प्रधानमन्त्रीको सम्बोधन – न उत्साह, न नै उत्सुकता !

Jagaran Post ८ माघ २०७८, शनिबार ०८:५५

फितलो कानुन, कमजोर सुरक्षा संयन्त्र

Jagaran Post १ माघ २०७८, शनिबार १०:१८