डोटीमा जीप दुर्घटना हुँदा कम्तिमा १० जना घाइते

Jagaran Post २९ बैशाख २०७९, बिहीबार २१:१४

डोटी : डोटीको शिखर नगरपालिका-४ गरूडीमा ना१ज ३१५२ को जीप दुर्घटना हुँदा कम्तिमा १० जना घाइते भएका छन्। शिखर नगरपालिकाको लुवाखडीबाट यात्रु बोकेर शिखर नगरपालिका-५ तिजालीतर्फ जान लागेको जीप दुर्घटना भएको हो। बिहीबार बेलुकी करिब ६ बजेतिर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ।

जीप सडकबाट १५ मिटर तल खसेको छ। जीपमा क्षमताभन्दा बढी यात्रु भएका कारण दुर्घटना भएको बताइएको छ। जीपमा करिब ३० जना यात्रु रहेका जनाइएको छ। यात्रु जीपको छतमा समेत कसेका बसेका थिए। घाइतेहरूको संख्या अझै एकीन हुन नसकेको प्रहरीले जनाएको छ।

घाइतेहरूलाई दिपायलस्थित शैलेश्वरी अस्पातलमा लगिएको बताइएको छ। अधिकांश यात्रुहरू शुक्रबार हुने स्थानीय तहको निर्वाचनका लागि भोट हाल्न जिल्ला बाहिरबाट आएका थिए। घाइते यात्रुहरू अधिकांश शिखर नगरपालिका-५ तिजालीका रहेका छन्।

 

Facebook Comments

जागरण टिभी

ताजा अपडेट

सबै हेनुर्होस

सम्पादकीय

सबै हेनुर्होस

विशेष सम्पादकीय – महिलालाई उपप्रमुखको मात्र जिम्मेवारी किन?

 महिलालाई प्रतिनिधित्वमा ल्याउने होइन आफै आउन सक्ने बनाउनु पर्दछ। त्यसैले सबै महिलाहरु सचेत, शिक्षित, जागरुक र सशक्त बन्दै आत्मविश्वास, दृढ ईच्छाशक्ति तथा आफ्नो क्षमताको विकास गर्दै

Jagaran Post ९ बैशाख २०७९, शुक्रबार २३:१८

बिकास र निकासको संवाहक बनोस – नयाँवर्ष

Jagaran Post १ बैशाख २०७९, बिहीबार ०७:२५

प्रधानमन्त्रीको सम्बोधन – न उत्साह, न नै उत्सुकता !

Jagaran Post ८ माघ २०७८, शनिबार ०८:५५

फितलो कानुन, कमजोर सुरक्षा संयन्त्र

Jagaran Post १ माघ २०७८, शनिबार १०:१८