गोरखा- पालुङटार नगरपालिका वडा नम्बर ९ का वडाध्यक्षका उम्मेदवार भोजराज पाण्डे चढेको कार पल्टिएको छ।
प्रदेश ३–०१–०२४ च १५४० नम्बरको कार बिहीबार दिउँसो मिकोटको कामीडाँडा भन्ने ठाउँमा पल्टेर दुर्घटना भएको प्रहरीले जनाएको छ।
रामज्योति आधारभूत विद्यालयको मतदान केन्द्र अवलोकन गरेर फर्कने क्रममा ब्रेक फेल भई कार पल्टिएको कारमा सवार डाक्टर मोदनाथ मरहट्टाले जानकारी दिए।
प्रहरीका अनुसार कारमा सवार वडाध्यक्षका उम्मेद्वार पाण्डे, डाक्टर मरहट्टा र गण्डकी प्रदेश समितिकी सदस्य रविकला खनालको अवस्था सामान्य छ।