अर्धाखाँचीको सन्धीखर्क नगरपालिकाका मेयर उम्मेदवार कृष्णप्रसाद श्रेष्ठले मतदान गरेका छन् ।
सन्धिखर्क नगरपालिका-२ मा रहेको अर्घाखाँची आवासीय मावि मतदान केन्द्रबाट श्रेष्ठले मतदान गरेका हुन् ।
एमालेबाट उपमेयरमा मिश्रा आचार्य उम्मेदवार छिन् ।
सन्धीखर्कमा नेपाली कांग्रेसको तर्फबाट शान्ता भण्डारी मेयरको उम्मेदवार छिन् । अर्घाखाँचीका मतदान केन्द्रहरूमा शान्तिपूर्ण ढंगले मतदान चलिरहेको निर्वाचन कार्यालयले जनाएको छ ।