गुठिचौरमा कांग्रेस र एकीकृत समाजवादीबीच झडप हुँदा सहायक मतदान अधिकृत घाइते

Jagaran Post ३० बैशाख २०७९, शुक्रबार १४:२८

काठमाडौं । जुम्लाको गुठचौर गाउँपालिका-३ गज्यांकोटस्थित शंकर बहुउद्देश्यीय माविमा रहेको मतदान केन्द्रमा नेपाली कांग्रेस र एकीकृत समाजवादी पार्टीका कार्यकर्ताबीच झडप भएको छ।

दुई पार्टीका कार्यकर्ताबीच झडपका क्रममा सहायक मतदान अधिकृत रवि भण्डारीको घुँडामा चोट लागेको छ।

प्रमुख जिल्ला अधिकारी विजयाकुमारी प्रसाईंका अनुसार मतदाताले मतदाता परिचयपत्र च्यात्न खोजेपछि विवाद भएको हो। ‘अहिले मतदान कार्य रोकिएको छ’ उनले भनिन्, ‘मतदान स्थगित नै भएको होइन। रोकिएको मात्र हो।’

गुठीचौर गाउँपालिकास्थित निर्वाचन अधिकृत मतदान स्थलमा पुगेपछि सर्वदलीय छलफलपश्चत पुनः मनदान कार्य सुरु हुने उनले बताइन्।

यो मतदान केन्द्रमा १००७ मध्ये ३१२ मत मात्रै खसेको छ ।

Facebook Comments

जागरण टिभी

ताजा अपडेट

सबै हेनुर्होस

सम्पादकीय

सबै हेनुर्होस

विशेष सम्पादकीय – महिलालाई उपप्रमुखको मात्र जिम्मेवारी किन?

 महिलालाई प्रतिनिधित्वमा ल्याउने होइन आफै आउन सक्ने बनाउनु पर्दछ। त्यसैले सबै महिलाहरु सचेत, शिक्षित, जागरुक र सशक्त बन्दै आत्मविश्वास, दृढ ईच्छाशक्ति तथा आफ्नो क्षमताको विकास गर्दै

Jagaran Post ९ बैशाख २०७९, शुक्रबार २३:१८

बिकास र निकासको संवाहक बनोस – नयाँवर्ष

Jagaran Post १ बैशाख २०७९, बिहीबार ०७:२५

प्रधानमन्त्रीको सम्बोधन – न उत्साह, न नै उत्सुकता !

Jagaran Post ८ माघ २०७८, शनिबार ०८:५५

फितलो कानुन, कमजोर सुरक्षा संयन्त्र

Jagaran Post १ माघ २०७८, शनिबार १०:१८