पाणिनी गाउँपालिका
अर्घाखाँची जिल्लाको पाणिनी गाउँपालिकाको वडा नं. १ पणेनबाट नेपाली काँग्रेसले जितको खाता खोलेको छ । वडा नं. १ पणेनामा काँग्रेसका वडा अध्यक्षका उम्मेदवार कमल पोख्रेल विजयी हुनुभएको छ । पोख्रेलले ८१३ मत ल्याई विजयी हुनुभएको हो ।
उहाँका प्रतिद्धन्द्धी नेकपा एमालेका रुद्रप्रसाद पोख्रेलले ६५९ मत ल्याउँनुभएको छ । सदस्यहरुमा काँग्रेसकै महिला सदस्यमा शान्ता पौडेल, दलित महिला सदस्यमा सविना विश्वकर्मा र खुल्ला सदस्यमा विजय पोख्रेल र टुकबहादुर दर्लामी विजयी भएका हुन । उनीहरुले क्रमशः ८३१, ८३४, ८१५, ७९३ मत ल्याएर विजयी भएका छन् ।