सोलुखुम्बुमा कांग्रेससँगको झडपमा माओवादी कार्यकर्ताको मृत्यु

Jagaran Post ३१ बैशाख २०७९, शनिबार ११:४८

काठमाडौं । सोलुखुम्बुको सोताङमा कांग्रेस र माओवादी कार्यकर्ता बीच झडप हुँदा एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा सोताङ ३ का माओवादी कार्यकर्ता ३५ वर्षीय सुदीप राई रहेको प्रहरीले जनाएको छ ।

मतदानको क्रममा एक वृद्धाको विवाद उत्पन्न भएको थियो । दमको रोगी वृद्धालाई जबरजस्ती मतदान गराउन लगेकाले मृत्यु भएको भन्दै कांग्रेसले माओवादीलाई आरोप लगाएपछि विवाद बढेको थियो । विवादको क्रममा झडप हुँदा आफ्ना कार्यकर्ताको मृत्यु भएको नेकपा माओवादी केन्द्र सोलुखुम्बु जिल्ला अध्यक्ष असिम राईले जानकारी दिए ।

यो घटनापछि सोताङको मतगणना रोकिएको छ । सोताङमा सत्तारुढ दलबीच गठबन्धन भएको छैन ।

Facebook Comments

जागरण टिभी

ताजा अपडेट

सबै हेनुर्होस

सम्पादकीय

सबै हेनुर्होस

विशेष सम्पादकीय – महिलालाई उपप्रमुखको मात्र जिम्मेवारी किन?

 महिलालाई प्रतिनिधित्वमा ल्याउने होइन आफै आउन सक्ने बनाउनु पर्दछ। त्यसैले सबै महिलाहरु सचेत, शिक्षित, जागरुक र सशक्त बन्दै आत्मविश्वास, दृढ ईच्छाशक्ति तथा आफ्नो क्षमताको विकास गर्दै

Jagaran Post ९ बैशाख २०७९, शुक्रबार २३:१८

बिकास र निकासको संवाहक बनोस – नयाँवर्ष

Jagaran Post १ बैशाख २०७९, बिहीबार ०७:२५

प्रधानमन्त्रीको सम्बोधन – न उत्साह, न नै उत्सुकता !

Jagaran Post ८ माघ २०७८, शनिबार ०८:५५

फितलो कानुन, कमजोर सुरक्षा संयन्त्र

Jagaran Post १ माघ २०७८, शनिबार १०:१८