जेलेन्स्कीले अल्पमत नेता म्याककोनेलको नेतृत्वमा गएको अमेरिकी सिनेट प्रतिनिधिमण्डललाई कीभमा स्वागत गरेका छन् । युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले अमेरिकी सिनेट अल्पसंख्यक नेता मिच म्याककोनेलको नेतृत्वमा रहेको कङ्ग्रेसको प्रतिनिधिमण्डललाई कीभमा स्वागत गरेको समाचार सिएनएनले लेखेको छ ।
जेलेन्स्कीले आफ्नो सामाजिक संजाल इन्स्टाग्राम खातामा भने यो भ्रमण “संयुक्त राज्य कांग्रेस र अमेरिकी जनताबाट युक्रेनलाई द्विपक्षीय समर्थनको बलियो संकेत हो।”
उनले थपे: “हाम्रो देशको लागि मात्र नभई लोकतान्त्रिक मूल्य र स्वतन्त्रताको लागि पनि हाम्रो संघर्षमा हामीलाई मद्दत गरेकोमा तपाईको नेतृत्वको लागि धन्यवाद। हामी यसको साँच्चै कदर गर्छौं।”
राष्ट्रपतिको आधिकारिक सामाजिक संजाल (सोशल मिडिया) खाताहरूमा अङ्कियदृश्य (भिडियो)र तस्बिरहरूमा जेलेन्स्कीलाई भेटेको देखिएको छ । साथै रिपब्लिकनका सिनेटर सुसान कोलिन्स, वायोमिङका जोन बारासो र टेक्सासका जोन कोर्निन लगायत युक्रेन पुगेका छन् ।
यो भेटघाट शनिबार भएको हो वा होइन या प्रतिनिधिमण्डल अझै युक्रेनको राजधानी किभमै छ या छैन भन्ने स्पष्ट छैन भनि सिएनएनले समाचारमा जनाएको छ । सम्भवत ,सुरक्षाको दृष्टिले यो यात्रा अत्यधिक गोप्य राखिएको र कतै केही समाचार आएका थिएनन । रिपब्लिकनका नेताको यो आश्चर्यजानक युक्रेन यात्रा हो ।