बुटवल।रुपन्देहीका १६ स्थानीय तहमा मतगणना जारी छ । जिल्लाको एक मात्र बुटवल उपमहानगरपालिका,तिलाेत्तमा नगरपालिका,देवदह नगरपालिका ,सैनामैना नगरपालिका,सिद्धार्थनगर नगरपालिकामा मतगणना जारी छ । बुटवलमा नेपाली काँग्रेसका नगरप्रमुख पदका उम्मेदवार खेलराज पाण्डेयले अग्रता छ ।
बुटवल एकमा नरेन्द्र बसनेत बिजयी भएका छन् । उनी कांग्रेसका बागी उम्मेदवार हुन् ।
तिलाेत्तमा नगरमा कांग्रेसका रामकृष्ण खाँण र एमालेका माेहन चापागाईबिच कडा प्रतिस्प्रर्धा जारी छ । यहाँ छिनछिनमा यी दुइ दलहरु अघिपछि भैरहेका छन् ।
सैनामैना वार्ड नं १ (१९०० मतगणना ) हुँदा एमाले मेयर- ६७२ उपमेयर- ७४९ गठबन्धन मेयर- ८५३ उपमेयर- ८८० वार्ड अध्यक्ष सुर्य – ७७१ हसिया हथौड़ा – ९३२ मत छ । यहाँ पनि छिनछिनमा यी दुइ दलहरु अघिपछि भैरहेका छन् ।