दार्चुलामा विजय जुलुसका लागि कार्यकर्ता लिन हिँडेको हायस दुर्घटना, ३ जनाको मृत्यु

Jagaran Post २ जेष्ठ २०७९, सोमबार ११:२७

दार्चुलामा सोमबार सवारी दुर्घटना हुँदा ३ जनाको घटनास्थलमै मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय दार्चुलाका अनुसार से १ ज २७७ नम्बरको हायस शैल्यशिखर नगरपालिका–६ मा दुर्घटना हुँदा तीन जनाको ज्यान गएको हो।

मृत्यु हुनेमा चालक प्रकाशसिंह धामी र सहचालक नविनसिंह धामी छन्। अर्का मृतकको पहिचान खुल्न सकेको छैन।

नेकपा एमालेको विजय जुलुसका लागि कार्यकर्ता लिन उल्लेनीबाट गोकुलेश्वर जाने क्रममा सडकबाट ५ सय मिटर तल खसेको प्रहरीले जनाएको छ।

‘हायस विजयी जुलुसका लागि कार्यकर्ता लिन गइरहेको रहेछ, दुर्घटनामा परेर तीन जनाको मृत्यु भएको छ,’ प्रहरी निरीक्षक हिक्मतसिंह थापाले भने,  ‘हायसमा तीन जना मात्रै सवार थिए।’

Facebook Comments

जागरण टिभी

ताजा अपडेट

सबै हेनुर्होस

सम्पादकीय

सबै हेनुर्होस

विशेष सम्पादकीय – महिलालाई उपप्रमुखको मात्र जिम्मेवारी किन?

 महिलालाई प्रतिनिधित्वमा ल्याउने होइन आफै आउन सक्ने बनाउनु पर्दछ। त्यसैले सबै महिलाहरु सचेत, शिक्षित, जागरुक र सशक्त बन्दै आत्मविश्वास, दृढ ईच्छाशक्ति तथा आफ्नो क्षमताको विकास गर्दै

Jagaran Post ९ बैशाख २०७९, शुक्रबार २३:१८

बिकास र निकासको संवाहक बनोस – नयाँवर्ष

Jagaran Post १ बैशाख २०७९, बिहीबार ०७:२५

प्रधानमन्त्रीको सम्बोधन – न उत्साह, न नै उत्सुकता !

Jagaran Post ८ माघ २०७८, शनिबार ०८:५५

फितलो कानुन, कमजोर सुरक्षा संयन्त्र

Jagaran Post १ माघ २०७८, शनिबार १०:१८