सत्यवती गाउँपालिका गुल्मीमा एमाले बिजयी

Jagaran Post २ जेष्ठ २०७९, सोमबार १३:१२

गुल्मीको सत्यवती गाउँपालिका अध्यक्षमा एमालेका टीकाराम पाण्डेयले छ सय ५६ को मतान्तरले गठबन्धनका तर्फबाट कांग्रेसका पारिश्वर ढकाललाई पराजित गरेका छन् ।

पाण्डेयको ६ हजार २ सय ६७ र ढकालको ५ हजार ६ सय ११ मत रहेको छ ।

त्यस्तै उपप्रमुखमा एमालेकी निरमाया तरामुले गठबन्धनको तर्फबाट संयुक्त जनतान्त्रिक मुक्ति मोर्चाकी तेजकुमारी थापालाई ६ सय ६३ को मतान्तरले पराजित गरेकी छन् ।

तरामुको ६ हजार २ सय २४ र थापाको ५ हजार ५ सय ६१ मत रहेको छ ।

त्यस्तै सत्यवती वडा नं १ मा एमालेका अर्जुन कनौजेले कांग्रेसका झविलाल पाण्डेलाई पराजित गरेका छन् ।

वडा नं २ मा एमालेका खड्गविर थापाले गठबन्धनको तर्फबाट जनमोर्चाका रोम बहादुर कुवरलाई पराजित गरेका थिए ।

वडा नं ३ मा गठबन्धनको तर्फबाट नेकपा माओवादी केन्द्रका जीत बहादुर तरामुले एमालेका लोक बहादुर रानालाई पराजित गरेका छन् ।

वडा नं ४ मा एमालेका पिताम्बर ज्ञवालीले कांग्रेसका श्रीप्रसाद बुढाथोकीलाई पराजित गरे ।

वडा नं ५ मा कांग्रेसका बाबुराम ज्ञवालीले एमालेका नारायण न्यौपाने पराजित गरेका हुन् ।

वडा नं ६ मा कांग्रेसका विष्णु प्रसाद भण्डारीले एमालेका महेन्द्र भण्डारीलाई पराजित गरे ।

वडा नं ७ मा एमालेका लोक बहादुर बुढाथोकीले काग्रेसका भिमबहादु क्षेत्री सुरज र

वडा नं ८ मा एमालेका होम बहादुर रानाले कांग्रेसका विष्णु प्रसाद रानालाई पराजित गरेको जिल्ला निर्वाचन कार्यालय गुल्मीले जनाएको छ

Facebook Comments

जागरण टिभी

ताजा अपडेट

सबै हेनुर्होस

सम्पादकीय

सबै हेनुर्होस

विशेष सम्पादकीय – महिलालाई उपप्रमुखको मात्र जिम्मेवारी किन?

 महिलालाई प्रतिनिधित्वमा ल्याउने होइन आफै आउन सक्ने बनाउनु पर्दछ। त्यसैले सबै महिलाहरु सचेत, शिक्षित, जागरुक र सशक्त बन्दै आत्मविश्वास, दृढ ईच्छाशक्ति तथा आफ्नो क्षमताको विकास गर्दै

Jagaran Post ९ बैशाख २०७९, शुक्रबार २३:१८

बिकास र निकासको संवाहक बनोस – नयाँवर्ष

Jagaran Post १ बैशाख २०७९, बिहीबार ०७:२५

प्रधानमन्त्रीको सम्बोधन – न उत्साह, न नै उत्सुकता !

Jagaran Post ८ माघ २०७८, शनिबार ०८:५५

फितलो कानुन, कमजोर सुरक्षा संयन्त्र

Jagaran Post १ माघ २०७८, शनिबार १०:१८