रुरुक्षेत्र, गुल्मी – गुल्मी जिल्लाको रुरुक्षेत्र गाउँपालिकामा सत्ता गठबन्धनका साझा उम्मेदवार यदु ज्ञवालीले जीत हासिल गरेका छन् । त्यस्तै सोहि गाऊँपालिकाको लागि मिना गौतम बिजयी भएकी छिन।
रुरु गाऊँपालिकाको लागि गणना भएको कूल १० हजार ९ सय १९ मतको नतिजाअनुरुप रुरु गाऊँपालिकाको अध्यक्षको बिजेता यदु ज्ञवालीले जम्माजम्मी ५८१७ मत ल्याएर बिजयी भएका थिए भने उनका निकटतम प्रतिद्वन्द्वी हिमाल श्रेष्ठले ४५४० मत ल्याएका थिए।
यस्तै, गाऊँपालिकाको उपाध्यक्षमा एमालेकी मीना गौतमले ५४४१ मत ल्याएर बिजयी भएकी थिईन भने उनकी निकटतम प्रतिद्वन्द्वी कांग्रेसकी दुर्गा ज्ञवालीले १०४४ मत ल्याएकी थिईन।
यसअंघि सोमवार दिऊंसोसम्मको मतगणनामा माओवादी उम्मेदवार ज्ञवालीले ३ हजार ३३ भोटसहित अग्रता लिएका थिए भने नेकपा एमालेका तर्फबाट रुरु गाऊँपालिकाको अध्यक्षमा उम्मेद्वार हिमाल श्रेष्ठले २ हजार ७३७ मत पाएका थिए। उनी गठवन्धनका उम्मेद्वार यदुसंग ६९६ मतले पराजित भएका हुन।
उपाध्यक्षमा एमालेकी मीना गौतम ५ हजार ३४ मतसहित बिजयी भएकी छिन भने कांग्रेसकी दुर्गा ज्ञवालीले १ हजार ६८५ मत प्राप्त गरेकी हुन।
रुरुक्षेत्र एमालेका उपमहासचिव प्रदीप ज्ञवालीको गाउँपालिका हो । २०७४ सालको स्थानीय चुनावमा यो गाउँपालिका एमालेले जितेको थियो ।