सिन्धुलीको दुधौली-३ मा माझी महिला वडाध्यक्ष बनिन्

Jagaran Post २ जेष्ठ २०७९, सोमबार १४:००

सिन्धुली — दुधौली नगरपालिका-३ को वडाध्यक्षमा भद्रा माझी निर्वाचित भएकी छिन् । जिल्लामा ७९ वडा छन् । तीमध्ये एकमात्र वडाध्यक्ष पदकी महिला उम्मेदवार माझीले ८०६ मत प्राप्त गरि विजयी भएकी हुन् । उनका निटतम प्रतिद्धन्द्वी एमालेका किसनलाल कुमरले ५५७ मत प्राप्त गरे । माओवादी केन्द्रका उम्मेदवारले ३४३ मत प्राप्त गरि तेस्रो भए ।

नेपाली कांग्रेसबाट वडाध्यक्षमा माझीको विजयीसँगै ०४९, ०५४ देखि ०७४ सम्मको एमाले किल्ला भत्किएको छ । अघिल्ला तीन निर्वाचनमा वडा नं ३ मा एमालेले जित्दै आएको थियो । कांग्रेसले महिलामा माझीलाई मात्र वडाध्यक्षको उम्मेदवार बनाएको थियो ।

अन्य दलहरु एमाले माओवादी केन्द्र, लगायतले वडाध्यक्षमा महिला उम्मेदवार बनाएका थिएनन् । जितपछि माझीले विपन्न परिवारलाई सम्पन्नताको बाटोमा लैजान आयआर्जनका कार्यक्रममा जोड दिने बताइन् । महिलाले पनि मौका पाए नेतृत्व लिन सक्छन् भन्ने आफुले देखाइदिएको उनको प्रतिक्रिया थियो ।

जंगली हात्तीले दुःख दिएर हैरान बनाएकाले नियन्त्रणका लागि आफु लागि पर्ने नवनिर्वाचित वडाध्यक्ष माझीले बताइन् । वडामा माझी सहित कांग्रेसको प्यानल नै विजयी भएको छ ।

दुधौली नगरपाकिला वडा नं १ मा कांग्रेसका जयबहादुर पौडेल, वडा नं २ मा एमालेका रितेश राउत, हालसम्म गणना सम्पन्न वडा नं १२, १३ र १४ मा माओवाादी केन्द्रका क्रमश दिनेश भट्टराई, दिपक खड्का र भैरव पुलामी वडाध्यक्षमा निर्वाचित भएका छन् ।

 

Facebook Comments

जागरण टिभी

ताजा अपडेट

सबै हेनुर्होस

सम्पादकीय

सबै हेनुर्होस

नक्कली भुटानी शरणार्थी प्रकरण : ओलीको अस्वाभाविक चलखेल

नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाईदिने `धन्दा´ नै चलाएर मोटो रकम असुल्दै आएका नेपालका हाईप्रोफाईल नेतादेखि कर्मचारीसम्म एकाएक मुछिएर आएपछि नेपालको राजनीति मात्र तरंगित बनेको

Bijay Gyawali २३ बैशाख २०८०, शनिबार २३:१७

तीन चुनाव , तीन सन्देश

Bijay Gyawali १३ बैशाख २०८०, बुधबार १४:३३

अन्तर्राष्ट्रिय महिला दिवस – दुर्गममा पिल्सिएका महिलाको क्रन्दन सुनियोस

Bijay Gyawali २४ फाल्गुन २०७९, बुधबार ०६:०६

विशेष सम्पादकीय – महिलालाई उपप्रमुखको मात्र जिम्मेवारी किन?

Jagaran Post ९ बैशाख २०७९, शुक्रबार २३:१८