आइतबार राती मार्तडीमा म्यादी प्रहरीमाथि खुकुरी प्रहार हुँदा ३ जना घाइते

Jagaran Post २ जेष्ठ २०७९, सोमबार १४:२२

बाजुरा : सदरमुकाम मार्तडीमा आइतबार राति म्यादी प्रहरी माथि खुकुरी प्रहार भएको छ । बुढीगंगा ४ का २० वर्षीय पुष्प कटुवालमाथि खकुरी प्रहार भएको जिल्ला प्रहरी कार्यलय बाजुराले जनाएको छ ।

उनको टाउकोमा चोट लागेको भएपनि उनी खतरामूक्त छन् ।
कटुवाल सँगै रहेका म्यादी प्रहरीहरु हर्क सुनार र सुनिल थापापनि सामान्य घाइते भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । खुकुरी प्रहारमा संलग्न रहेको आरोपमा बडिमालिका नगरपालिका २ का नरेन्द्र नाथ र लोकन्द्र कार्कीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता गिन्द्र बोगटीका अनुसार खुकुरीसमेत वरामद गरिएको छ । मार्तडीमा आइतबार राति एमाले र कांग्रेस कार्याकर्ताहरुको झडप तथा ढुंगा हानाहान भएको थियो । प्रहरीले एक राउण्ड हवाइ फायर समेत गरेको थियो ।

Facebook Comments

जागरण टिभी

ताजा अपडेट

सबै हेनुर्होस

सम्पादकीय

सबै हेनुर्होस

विशेष सम्पादकीय – महिलालाई उपप्रमुखको मात्र जिम्मेवारी किन?

 महिलालाई प्रतिनिधित्वमा ल्याउने होइन आफै आउन सक्ने बनाउनु पर्दछ। त्यसैले सबै महिलाहरु सचेत, शिक्षित, जागरुक र सशक्त बन्दै आत्मविश्वास, दृढ ईच्छाशक्ति तथा आफ्नो क्षमताको विकास गर्दै

Jagaran Post ९ बैशाख २०७९, शुक्रबार २३:१८

बिकास र निकासको संवाहक बनोस – नयाँवर्ष

Jagaran Post १ बैशाख २०७९, बिहीबार ०७:२५

प्रधानमन्त्रीको सम्बोधन – न उत्साह, न नै उत्सुकता !

Jagaran Post ८ माघ २०७८, शनिबार ०८:५५

फितलो कानुन, कमजोर सुरक्षा संयन्त्र

Jagaran Post १ माघ २०७८, शनिबार १०:१८