प्रधानमन्त्री देउवाद्वारा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटन गरी व्यवसायिक उडान सुरु

Jagaran Post २ जेष्ठ २०७९, सोमबार १४:५२

प्रधानमन्त्री शेरबहादुर देउवाले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको उद्घाटन गरेका छन्। देउवाले सोमबार भैरहवास्थित २५६६औं बुद्धजयन्तीको अवसर पारेर अन्तर्राष्ट्रिय विमानस्थलको शुभारम्भ गरेका हुन्।

विमानस्थलबाट सोमबारदेखि अन्र्तराष्ट्रिय विमानस्थलमा व्यवसायिक हवाई उडान सुरुवात गरिएको छ। सोमबार जजिरा एयरबेजले पहिलो अन्तर्राष्ट्रिय उडान गरेर सुरुवात गरेको हो। प्रधानमन्त्री देउवाले  अन्तर्राष्ट्रिय विमानस्थलको उद्घाटन गर्दै काठमाडौं पछिको मुलुककै दोस्रो अन्तराष्ट्रिय विमानस्थलको निर्माणबाट यस प्रदेशको मात्र होइन् समग्र नेपालको विकास र समृद्धिमा दृरगामी सकारात्मक योगदान पुग्ने बताएका छन्।

‘आजको दिन नेपालको पर्यटन तथा नागरिक उड्ययनको क्षेत्रको विकासको लागि ऐतिहासिक महत्व राख्ने दिन हो। काठमाडौं पछिको मुलुककै दोस्रो अन्तराष्ट्रिय विमानस्थलको निर्माणबाट यस प्रदेशको मात्र होइन् समग्र नेपालको विकास र समृद्धिमा दृरगामी सकारात्मक योगदान पुग्नेमा कुनै दुई मत छैन,’ प्रधानमन्त्री देउवाले भने, ‘यस विमानस्थलको सञ्चालनबाट शान्तिका अग्रदुत गौतमबुद्धको पावन जन्मस्थललाई विश्वभर थप परिचित गराउन र यस क्षेत्रको धार्मिक तथा सांस्कृतिक पर्यटन प्रवद्र्धन गर्न ठोस सहयोग पुग्ने मैले विश्वास लिएको छु।’

प्रधानमन्त्री देउवाले आन्तरिक तथा अन्तराष्ट्रिय सम्पर्क विस्तार गर्दै मुलुकलाई उन्नति र प्रगतिको पथमा अघि बढाउन, पर्यटन क्षेत्रको विकास गर्न तथा आय रोजगारीका अवसर सिर्जना गरी दिगो आर्थिक विकासका लक्ष्यहरु हासिल गर्न नियमित र भरपर्दाे हवाई सेवाको विकास गर्नु आवश्यक भइसकेको बताए। प्रधानमन्त्री देउवाले आजदेखिसञ्चालनमा आएको अन्तराष्ट्रिय विमानस्थलको सफलताले नेपालको उड्डयन क्षेत्रको साथै समग्र अर्थतन्त्रको विस्तारमा समेत सकारात्मक योगदान पुर्‍याउने सुनिश्चित भएको बताए। ‘सरकारको अर्थक प्रयास,मित्रराष्ट्र तथा एडिवी लगायतका दातृ निकायहरुको सहयोगमा सम्पन्न भएको यस विमानस्थलको व्यवसायिक सञ्चालनले भविष्यमा नेपालको समग्र अर्थतन्त्र,यात्रुहरुको आवागमन,व्यापार र पर्यटन विस्तारमा ठूलो टेवा पुग्नेछ’ उनले भने, ‘सबैंको सयुक्त प्रयासको कारणले अहिलेको अवस्थामा विमानस्थल आइपुगेको हो।’

प्रधानमन्त्री देउवाले विमानस्थलको सफल सञ्चालनको लागि नेपाल प्रवेश गर्ने सहज मार्गहरुको विस्तारका लागि नेपाल सरकारको तर्फबाट मित्रराष्ट्रभारतसँग समन्वय र सहकार्य भइरहेको बताए। प्रधानमन्त्री देउवाले गौतमबुद्धको जन्मस्थल लुम्बिनीमा पर्यटकीय पूर्वाधार निर्माण, बुद्धिष्ट सर्किटको प्रवद्र्धनमार्फत धार्मिक पर्यटनको विस्तार र आय तथा रोजगारी सिर्जनामा महत्वपूर्ण योगदान पुग्ने दावी गरे।

नागरिक न्युजबाट साभार गरिएको ।  

Facebook Comments

जागरण टिभी

ताजा अपडेट

सबै हेनुर्होस

सम्पादकीय

सबै हेनुर्होस

विशेष सम्पादकीय – महिलालाई उपप्रमुखको मात्र जिम्मेवारी किन?

 महिलालाई प्रतिनिधित्वमा ल्याउने होइन आफै आउन सक्ने बनाउनु पर्दछ। त्यसैले सबै महिलाहरु सचेत, शिक्षित, जागरुक र सशक्त बन्दै आत्मविश्वास, दृढ ईच्छाशक्ति तथा आफ्नो क्षमताको विकास गर्दै

Jagaran Post ९ बैशाख २०७९, शुक्रबार २३:१८

बिकास र निकासको संवाहक बनोस – नयाँवर्ष

Jagaran Post १ बैशाख २०७९, बिहीबार ०७:२५

प्रधानमन्त्रीको सम्बोधन – न उत्साह, न नै उत्सुकता !

Jagaran Post ८ माघ २०७८, शनिबार ०८:५५

फितलो कानुन, कमजोर सुरक्षा संयन्त्र

Jagaran Post १ माघ २०७८, शनिबार १०:१८