जनकपुरधाम- सर्लाहीको रामनगर गाउँपालिका अध्यक्षमा २२ वर्षीय युवक विजयी भएका छन्।
नेकपा माओवादी केन्द्रका राजाबाबु यादव ४ हजार ८१ मत ल्याई विजयी भएका हुन्।
उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका हरिनन्दन प्रसाद यादव २ हजार ३९२ मत ल्याए।
यस्तै, उपाध्यक्षमा माओवादी केन्द्रकै गीता देवी ३ हजार ५२३ मत ल्याएर विजयी भएकी भइन्। उनकी निकटतम प्रतिद्वन्द्वी कांग्रेसकी काेशिला साहले २ हजार ६३७ मत ल्याएकी छन्।