अर्घाखाँची – अर्घाखाँचीको मालारानी गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेका दलबहादुर भट्टराई ८ हजार २ सय ८३ मतका साथ विजयी हुनुभएकाे छ ।
निकटतम प्रतिद्वन्द्वि नेकपा माओवादीका पदम क्षेत्रीलाई हराउँदै भट्टराई विजयी हुनुभएकाे हाे । क्षेत्रीले ६ हजार ७ सय २६ मत प्राप्त गर्नुभएकाे हाे ।
उपाध्यक्षमा एमालेकै दीपा पोख्रेल विजयी हुनुभएकाे छ। उहाँले ८ हजार १ सय ५५ मत प्राप्त गर्नु भएकाे छ । उपाध्यक्षमा निकटतम प्रतिद्वन्दी नेपाली कांग्रेसका शोभाखर खनालले ६ हजार ६ सय ५७ मत प्राप्त गर्नुभएकाे छ |