गुल्मी – गुल्मी जिल्लाको मालिका गाउँपालिकाको अध्यक्षमा गठबन्धनको तर्फबाट माओवादीका देविराम अर्याल र उपाध्यक्षमा कांग्रेसका उपेन्द्र अर्याल विजयी हुनुभएको छ ।
पालिका अध्यक्षका उम्मेदवार अर्यालले ६ हजार १ सय ७६ मत प्राप्त गरी विजयी बनेका निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । अध्यक्षका प्रत्यासी एमालेका रितबहादुर थापाले ४ हजार ६ सय १७ मत प्राप्त गर्नु भएको थियो ।
पालिका उपाध्यक्षमा कांग्रेसका उपेन्द्र अर्याल ६ हजार ३ सय ३४ मत प्राप्त गरी विजयी हुनुभएको छ । उपाध्यक्षमा रनमाया पुनले ४ हजार ६ सय ९२ मत प्राप्त गर्नु भएको थियो ।