चितवन – भरतपुर महानगरपालिका–५ नयनचोकमा हिजो बेलुकी मोटरसाइकलको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ।
मृत्यु हुनेमा मकवानपुरको हेटौँडा उपमहानगरपालिका–१९ का २० वर्षीय विशेष दाहाल रहेका छन्।
मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएका उनको उपचारका क्रममा कलेज अफ मेडिकल साईन्स अस्पताल भरतपुरमा मृत्यु भएको प्रहरीले जनाएको छ।
विशालचोकबाट जानकीचोकतर्फ जाँदै गरेको ना ६३ प ९३०३ नम्बरको मोटरसाइकलले हिजो बेलुकी पौने ९ बजे विपरित दिशाबाट आउँदै गरेको ना ३८ प ७८७६ नम्बरको स्कुटरलाई ठक्कर दिएको थियो।
दुर्घटना पश्चात फरार भएका मोटरसाइकल चालकको खोजी भइरहेको वडा प्रहरी कार्यालय नारायणगढले जनाएको छ।