गौशालाको मेयरमा जसपाका महतो हजार बढी मतले अगाडि

Jagaran Post ३ जेष्ठ २०७९, मंगलवार १२:५८

गौशाला : गौशाला नगरपालिकाको मेयरमा जनता समाजवादी पार्टीका उम्मेदवार डा. दिपेन्द्र महतोले १ हजार बढी मतान्तरले अगाडि छन्।  मंगलबार बिहान ११ बजेको मतपरिमाणअनुसार डा. महतोले २६९० मत प्राप्त गरेका छन् ।

उनका निकटम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका वसन्त गुरुङले १६६६ मत प्राप्त गरेका छन्।

नेकपा माओवादीका विष्णु लामाले ११८४ मत प्राप्त गरेका छन् भने लोकतान्त्रिक समाजवादी पार्टीका उम्मेदवार देवनारायण महतोले १०४४ मत पाएका छन् । नेकपा एमालेका उम्मेदवार अजयकुमार कुशवाहाले ६७२ मत प्राप्त गरेका छन् ।

यता, गौशाला नगरपालिकाको उपमेयरतर्फ जनता समाजवादी पार्टीकी उम्मेदवार रेणुकुमारी महतोले एक हजार बढि मतले अग्रता कायम राखेकी छिन् । उपमेयर महतोले २९०० मत प्राप्त गरेकी छन् भने नेपाली कांग्रेसकी सुशिला कुशवाहाले १५९२ मत हाँसिल गरेकी छिन्।

त्यस्तै, नेकपा माओवादीकी जनकदुलारी साहले ११८७ मत प्राप्त गरेकी छिन् । लोकतान्त्रिक समाजवादी पार्टीकी लालकुमारी लामाले ११२४ मत प्राप्त गरेको निर्वाचन अधिकृतको कार्यालय गौशालाले जनाएको छ ।

९ हजार २८ मत गणना गर्ने क्रममा ७८० मत वदर भएका थिए भने ८२४८ मत सदर भएको निर्वाचन अधिकृत मदनलाल जयसवालले बताएका छन् ।

 

Facebook Comments

जागरण टिभी

ताजा अपडेट

सबै हेनुर्होस

सम्पादकीय

सबै हेनुर्होस

विशेष सम्पादकीय – महिलालाई उपप्रमुखको मात्र जिम्मेवारी किन?

 महिलालाई प्रतिनिधित्वमा ल्याउने होइन आफै आउन सक्ने बनाउनु पर्दछ। त्यसैले सबै महिलाहरु सचेत, शिक्षित, जागरुक र सशक्त बन्दै आत्मविश्वास, दृढ ईच्छाशक्ति तथा आफ्नो क्षमताको विकास गर्दै

Jagaran Post ९ बैशाख २०७९, शुक्रबार २३:१८

बिकास र निकासको संवाहक बनोस – नयाँवर्ष

Jagaran Post १ बैशाख २०७९, बिहीबार ०७:२५

प्रधानमन्त्रीको सम्बोधन – न उत्साह, न नै उत्सुकता !

Jagaran Post ८ माघ २०७८, शनिबार ०८:५५

फितलो कानुन, कमजोर सुरक्षा संयन्त्र

Jagaran Post १ माघ २०७८, शनिबार १०:१८