काठमाडौँ – काभ्रे र झापामा चट्याङ लागेर दुई जनाको मृत्यु भएको छ।
काभ्रेको रोशी गाउँपालिका-९ पलान्चे बस्ने १६ वर्षीया साजनी लुङ्गेलीको चट्याङ लागेर सोमबार मृत्यु भएको छ।
बारीबाट घर फर्कने क्रममा चट्याङ लागेर गम्भीर घाइते भएकी उनको उपचारको लागि भकुण्डे स्थानीय मेडिकलतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ।
झापाको हल्दिबारी गाउँपालिका-२ राईटोल बस्ने २६ वर्षीय भेना हस्दाको चट्याङ लागेर सोमबार मृत्यु भएको छ।