धनुषाको विदेह नगरपालिकामा एमाले विजयी भएको छ । मेयर र उपमेयर दुवै पदमा एमालेका उम्मेदवार विजयी भएका हुन् । मेयरमा वेचन दास तत्मा ४ हजार ४१२ मतका साथ विजयी हुँदा एकीकृत समाजवादीका राजकिशोर यादवले ३ हजार ४२६ मत पाए ।
उपमेयरमा आशादेवी झा ४ हजार ६५९ मतका साथ विजयी हुँदा एकीकृत समाजवादीकी सञ्जना अधिकारीले २ हजार ८७० मात्र मत पाइन् ।