फेरि बढ्यो सार्वजनिक यातायातको भाडा

Jagaran Post ३ जेष्ठ २०७९, मंगलवार १९:३२

काठमाडौँ – सार्वजनिक यातायातको भाडा फेरि बढेको छ। सरकारले लामो दूरीको सवारी भाडा ३.५ प्रतिशतले बढाएको हो।

आइतबार यातायात व्यवस्था विभागले नयाँ भाड दर सार्वजनिक गरेको छ। जसमा यात्रुबहाक सवारीमा ३.५ प्रतिशत, पहाडी बाटोमा सञ्चालन हुने मालबहाक सवारीमा ४.६ प्रतिशत र तराईंको बाटोमा सञ्चालन हुने मालबहाक सवारीमा ५.१ प्रतिशतले भाडा वृद्धि गरिएको विभागले जनाएको छ।

पछिल्लो समय पेट्रोलियम पदार्थको मूल्यबृद्धि भएसँगै सरकारले भाडा बढाएको हो। नयाँ भाडादर भाडा भोलि (बुधबार)देखि लागू हुनेछ।

इन्धनको मूल्य ५ प्रतिशत वा सो भन्दा बढीले बढे वा घटेमा भाडा समायोजन गर्ने वैज्ञानिक प्रणालीअनुसार नै भाडा बढाइएको विभागले जनाएको छ।

अहिले डिजेल प्रतिलिटर १५३ र पेट्रोल प्रतिलिटर १७० रुपैयाँ पुगेको छ।

Facebook Comments

जागरण टिभी

ताजा अपडेट

सबै हेनुर्होस

सम्पादकीय

सबै हेनुर्होस

विशेष सम्पादकीय – महिलालाई उपप्रमुखको मात्र जिम्मेवारी किन?

 महिलालाई प्रतिनिधित्वमा ल्याउने होइन आफै आउन सक्ने बनाउनु पर्दछ। त्यसैले सबै महिलाहरु सचेत, शिक्षित, जागरुक र सशक्त बन्दै आत्मविश्वास, दृढ ईच्छाशक्ति तथा आफ्नो क्षमताको विकास गर्दै

Jagaran Post ९ बैशाख २०७९, शुक्रबार २३:१८

बिकास र निकासको संवाहक बनोस – नयाँवर्ष

Jagaran Post १ बैशाख २०७९, बिहीबार ०७:२५

प्रधानमन्त्रीको सम्बोधन – न उत्साह, न नै उत्सुकता !

Jagaran Post ८ माघ २०७८, शनिबार ०८:५५

फितलो कानुन, कमजोर सुरक्षा संयन्त्र

Jagaran Post १ माघ २०७८, शनिबार १०:१८