काठमाडौं : भारत सरकारले नेपालका लागि नयाँ राजदूतमा नवीन श्रीवास्तवलाई नियुक्त गरेको छ।
भारतीय विदेश मन्त्रालयले मंगलबार चिनियाँ मामिला जानकार श्रीवास्तवलाई नेपाल पठाउने निर्णय गरेको हो।
विदेश मन्त्रालयमा पूर्वी एसिया डेस्क हेरिरहेका श्रीवास्तव शुक्रबार नेपाल आउने र अर्को साताबाट कार्यभार सम्हाल्ने भारतीय दूतावासले जनाएको छ।
निवर्तमान राजदूत विनयमोहन क्वात्रा भारतीय विदेश मन्त्रालयको सचिव नियुक्त भएपछि उनको ठाउँमा श्रीवास्तव आउन लागेका हुन्। विदेश मन्त्रालयका एडिसनल सेक्रेटरी श्रीवास्तवले भारत चीन तनाव साम्य पार्न महत्वपूर्ण भूमिका खेलेका छन्।