मध्यपुरथिमि नगरपालिकाकाे मेयरमा कांग्रेस र उपमेयरमा माओवादी विजयी

Jagaran Post ४ जेष्ठ २०७९, बुधबार ०६:५०

काठमाण्डौ – भक्तपुरको मध्यपुरथिमि नगरपालिका मेयरमा सत्ता गठबन्धनबाट नेपाली कांग्रेसका सुरेन्द्र श्रेष्ठ १५ हजार ९८ मतसहित विजयी हुनुभएको छ । उहाँका निकटम प्रतिस्पर्धी नेपाल कम्युनिस्ट पार्टी (एमाले) का मदनसुन्दर श्रेष्ठले ११ हजार ३५ मत प्राप्त गर्नु भएको छ ।

यस्तै उपमेयरमा नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का विजय कृष्ण श्रेष्ठ विजयी हुनुभएको छ । उहाँको १२ हजार एक सय २ मत छ भने उहाँका प्रतिस्पर्धी एमालेका उत्तम नेपालको आठ हजार नौ सय ६३ मत छ।

नौ वटा वडा रहेको मध्यपुरथिमिमा छ वटा वडा कांग्रेस, दुई वटा वडा एमाले र एक वटा वडामा नेपाल मजदुर किसान पार्टी (नेमकिपा) ले जित हासिल गरेको छ ।

Facebook Comments

जागरण टिभी

ताजा अपडेट

सबै हेनुर्होस

सम्पादकीय

सबै हेनुर्होस

विशेष सम्पादकीय – महिलालाई उपप्रमुखको मात्र जिम्मेवारी किन?

 महिलालाई प्रतिनिधित्वमा ल्याउने होइन आफै आउन सक्ने बनाउनु पर्दछ। त्यसैले सबै महिलाहरु सचेत, शिक्षित, जागरुक र सशक्त बन्दै आत्मविश्वास, दृढ ईच्छाशक्ति तथा आफ्नो क्षमताको विकास गर्दै

Jagaran Post ९ बैशाख २०७९, शुक्रबार २३:१८

बिकास र निकासको संवाहक बनोस – नयाँवर्ष

Jagaran Post १ बैशाख २०७९, बिहीबार ०७:२५

प्रधानमन्त्रीको सम्बोधन – न उत्साह, न नै उत्सुकता !

Jagaran Post ८ माघ २०७८, शनिबार ०८:५५

फितलो कानुन, कमजोर सुरक्षा संयन्त्र

Jagaran Post १ माघ २०७८, शनिबार १०:१८