पाँच दललाई हराउदै गोकर्ण विष्टको क्षेत्रमा एमाले एक्लैले जित्यो मेयर उपमेयर

Jagaran Post ४ जेष्ठ २०७९, बुधबार ०७:०१

गुल्मी  – नेकपा एमालेका सचिव एवं गुल्मी क्षेत्र-२ का प्रतिनिधीसभा सांसद गोकर्ण विष्टको क्षेत्रमा पर्ने मुसिकोट नगरपालिकामा गठबन्धनलाई पराजित गर्दै नेकपा एमालेले मेयर र उपमेयर पदमा जीत हासिल गरेको छ ।

एमालेका उम्मेदवार जिवन खरेलले गठबन्धनका उम्मेदवारलाई ७९३ मतले हराउँदै मेयर पदमा जीत हासिल गरेका हुन् । जिवन खरेलले ७३९९ मत ल्याए भने गठबन्धबाट नेपाली कांग्रेसका उम्मेदवार हरिनारायण सापकोटाले ६६०६ मात्रै मत ल्याउनु भएको थियो ।

उपमेयर पदमा एमालेकी गंगा श्रेष्ठले ७०११ मत ल्याएर जीत हासिल गर्दा गठबन्धनबाट एकिकृत समाजवादीका श्रीराम महतले ६३२३ मात्रै मत ल्याएर पराजित हुनु भयो ।

जिल्लामा एमालेका विरुद्ध नेपाली कांग्रेस, माओवादी केन्द्र र एकिकृत समाजवादीले गठबन्धन  जनमोर्चाले गरेका थिए ।

Facebook Comments

जागरण टिभी

ताजा अपडेट

सबै हेनुर्होस

सम्पादकीय

सबै हेनुर्होस

विशेष सम्पादकीय – महिलालाई उपप्रमुखको मात्र जिम्मेवारी किन?

 महिलालाई प्रतिनिधित्वमा ल्याउने होइन आफै आउन सक्ने बनाउनु पर्दछ। त्यसैले सबै महिलाहरु सचेत, शिक्षित, जागरुक र सशक्त बन्दै आत्मविश्वास, दृढ ईच्छाशक्ति तथा आफ्नो क्षमताको विकास गर्दै

Jagaran Post ९ बैशाख २०७९, शुक्रबार २३:१८

बिकास र निकासको संवाहक बनोस – नयाँवर्ष

Jagaran Post १ बैशाख २०७९, बिहीबार ०७:२५

प्रधानमन्त्रीको सम्बोधन – न उत्साह, न नै उत्सुकता !

Jagaran Post ८ माघ २०७८, शनिबार ०८:५५

फितलो कानुन, कमजोर सुरक्षा संयन्त्र

Jagaran Post १ माघ २०७८, शनिबार १०:१८