नेकपा (एमाले)का अध्यक्ष केपी ओलीको गृह नगर झापाको दमकमा प्रमख पदमा रोमाञ्चक प्रतिस्पर्धा चलिरहेको छ।
दमकमा जारी मत गणनामा कहिले एमालेका उम्मेदवार अगाडि त कहिले गठबन्धनका उम्मेदवार अगाडि हुने क्रम चलिरहेको छ।
वडा नम्बर १, २, ३, ८, ९ र १० को मत परिणाम सार्वजनिक हुँदा अहिले गठबन्धनका उम्मेदवार राम थापा मेयर पदमा १५ मतले मात्रै अघि भएका छन्।
उनले १० हजार ६४ मत पाउँदा एमालेकी गिता अधिकारीले १० हजार ४७ मत प्राप्त गरेकी छन्।