उदयपुरमा कार दुर्घटना हुँदा एक जनाको मृत्यु , चारजना घाइते

Jagaran Post ४ जेष्ठ २०७९, बुधबार ०७:५३

काठमाडाैँ– उदयपुरमा कार दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ भने चार जना घाइते भएका छन्।

मदन भण्डारी लोकमार्गको उदयपुरगढी गाउँपालिका-६ नेपालटार दनुवारबेसीको वैद्यनाथको पुलमा वीरगञ्जबाट विराटनगरतर्फ गुडेकाे बा २५ च ७८१९ नम्बरको कार मंगलवार राति अनियन्त्रित भएर दुर्घटना हुँदा कारमा सवार ५ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय उदयपुरका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक सन्तोष आचार्यले जानकारी दिए।

घाइतेमध्ये मोरङको विराटनगर महानगरपालिका- ५ चाँदनी चोकका ३४ वर्षीय देवेन्द्र चापागाईंको जिल्ला अस्पताल गाईघाटमा उपचारको क्रममा राति ११ बजे मृत्यु भएकाे जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएकाे छ। कार अनियन्त्रित भई सडकबाट १५ मिटर तल खसेको थियो।

दुर्घटनामा घाइते भएकाहरूलाई जिल्ला अस्पताल गाईघाटमा प्राथमिक उपचारपछि थप उपचारका लागि विराटनगरस्थित न्युरो हस्पिटल रिफर गरिएको छ।

घाइतेहरूमा मोरङ विराटनगर महानगरपालिका-५ चाँदनी चोकका चालक ३१ वर्षीय विशाल राय, २३ वर्षीय सुजन खतिवडा, २७ वर्षीय सागर घिमिरे र ३५ वर्षीय सुरज पौडेल रहेका जिल्ला प्रहरी कार्यालय उदयपुरका सूचना अधिकृत प्रहरी नायब उपरीक्षक सन्तोष आचार्यले जानकारी दिए।

दुर्घटना हुनेबित्तिकै प्रहरी चौकी नेपालटार र स्थानीयबासीको सहयोगमा उद्दा गरी अस्पताल पठाउने काम भएको स्थानीयबासीले बताए। मृतक चापागाईंको शव भने जिल्ला अस्पताल गाईघाटको शव गृहमा राखिएको छ।

Facebook Comments

जागरण टिभी

ताजा अपडेट

सबै हेनुर्होस

सम्पादकीय

सबै हेनुर्होस

विशेष सम्पादकीय – महिलालाई उपप्रमुखको मात्र जिम्मेवारी किन?

 महिलालाई प्रतिनिधित्वमा ल्याउने होइन आफै आउन सक्ने बनाउनु पर्दछ। त्यसैले सबै महिलाहरु सचेत, शिक्षित, जागरुक र सशक्त बन्दै आत्मविश्वास, दृढ ईच्छाशक्ति तथा आफ्नो क्षमताको विकास गर्दै

Jagaran Post ९ बैशाख २०७९, शुक्रबार २३:१८

बिकास र निकासको संवाहक बनोस – नयाँवर्ष

Jagaran Post १ बैशाख २०७९, बिहीबार ०७:२५

प्रधानमन्त्रीको सम्बोधन – न उत्साह, न नै उत्सुकता !

Jagaran Post ८ माघ २०७८, शनिबार ०८:५५

फितलो कानुन, कमजोर सुरक्षा संयन्त्र

Jagaran Post १ माघ २०७८, शनिबार १०:१८