पाल्पा तानसेनको मेयरमा कांग्रेसका श्रेष्ठ र उपमेयरमा माओवादीकी सिंजाली विजयी

Jagaran Post ४ जेष्ठ २०७९, बुधबार ०८:०९

पाल्पा — पाल्पाको तानसेन नगरपालिकाको नगरप्रमुखमा नेपाली कांग्रेसका उम्मेदवार सन्तोषलाल श्रेष्ठ विजयी भएका छन् । उपप्रमुखमा भने नेकपा माओवादी केन्द्रकी प्रतिक्षा सिंजाली विजयी भइन् ।

नगरप्रमुखमा श्रेष्ठले ११ हजार २ सय ७३ मत ल्याएर विजयी भएका हुन् । उनले निकटतम प्रतिद्वन्द्वी नेपाल कम्युनिष्ट पार्टी (एमाले) उम्मेदवार धनेन्द्रराज घिमिरेलाई ८ सय ७९ मतान्तरले पराजित गरेका हुन् । नगर प्रमुखमा पराजित घिमिरेले १० हजार ३ सय ९४ मत ल्याएका छन् ।

उपप्रमुखमा सिंजालीले ११ हजार १ सय ५१ मत ल्याएकी छन् । गठबन्धनबाट नगर उपप्रमुखमा उम्मेदवार बनेकी सिंजालीले नेकपा एमालेकी उम्मेदवार शशी श्रेष्ठलाई १० हजार ३ सय ७२ मत ल्याएकी छन् । तानसेन नगरपालिकामा गठबन्धनकातर्फबाट नगरप्रमुखमा कांग्रेसले श्रेष्ठलाई र उपप्रमुखमा माओवादी केन्द्रले सिंजालीलाई उम्मेदवार बनाएको हो ।

१४ वडा रहेको नगरपालिकामा १० वडामा कांग्रेसले वडाध्यक्षसहित सबै सदस्य जितेको छ भने ४ वडामा एमालेले वडाध्यक्षसहित सबै सदस्य जितेको छ । २०७४ सालको निर्वाचनमा तानसेन नगरमा एमालेले ८ वडाध्यक्षसहित प्रमुख र उपप्रमुख जितेको थियो ।

Facebook Comments

जागरण टिभी

ताजा अपडेट

सबै हेनुर्होस

सम्पादकीय

सबै हेनुर्होस

लुम्बिनी बिकास कोष – पवित्र धर्तीमा अपवित्र हर्कत !

सरकारले लुम्बिनी बिकास कोष को उपाध्यक्षमा चरम बिबादास्पद ब्याक्तिलाई नियुक्त गरेसंगै सरकारको चौतर्फी आलोचना भैरहेको छ। दलिय भागवण्डाको राजनितिले भगवान गौतम बुद्धको पवित्र जन्मस्थल लुम्बिनीलाई

Bijay Gyawali २२ श्रावण २०८०, सोमबार १२:४६

नक्कली भुटानी शरणार्थी प्रकरण : ओलीको अस्वाभाविक चलखेल

Bijay Gyawali २३ बैशाख २०८०, शनिबार २३:१७

तीन चुनाव , तीन सन्देश

Bijay Gyawali १३ बैशाख २०८०, बुधबार १४:३३

अन्तर्राष्ट्रिय महिला दिवस – दुर्गममा पिल्सिएका महिलाको क्रन्दन सुनियोस

Bijay Gyawali २४ फाल्गुन २०७९, बुधबार ०६:०६