बुटवल उपमहानगरपालिकामा २७ हजार ३४४ मतगणना हुँदा मेयरमा नेपाली कांग्रेसका खेलराज पाण्डेयले १३ हजार ४१८ मतसहित अग्रता कायम राखेका छन् ।
नेकपा एमालेका बाबुराम भट्टराई उनीभन्दा निकै पछाडि छन् । बाबुरामले अहिलेसम्म ८ हजार ९७२ मत पाएका छन् । उनीहरूकाे मतान्तर ४ हजार ४४६ छ ।
राप्रपाका मृगेन्द्रकुमार शेरचनकाे खातामा २ हजार ३७४ मत चढेकाे छ । उपप्रमुखमा एमालेकी सावित्रा अर्याल ९ हजार ९७८ मतसहित अग्रता लिइरहेकी छन् । नेकपा एसका चिनबहादुर गुरुङ ७ हजार २७७ मतसहित दाेस्राे स्थानमा छन् । राप्रपाकी भगवती पाण्डेयले ३ हजार ३०७ मत पाएकी छन् ।