एउटै बाबुका चार भाई छोराले चुनाव लडे: ३ जनाले जिते, १ जनाले हारे

Jagaran Post ४ जेष्ठ २०७९, बुधबार ०९:०२

स्थानीय तहको निर्वाचन सकिँदा सबैभन्दा खुसी कोही छ भने ओखलढुंगाको मानेभञ्ज्याङ गाउँपालिकाका हेमराज रुम्दालीको परिवार छ। हेमराजका पाँचभाइ छोरामध्ये तीन भाइले स्थानीय तहको निर्वाचन जितेका छन्। दुई जना त पालिकाको अध्यक्ष नै बनेका छन्।

जेठा राजकुमार रुम्दाली मानेभञ्ज्याङ गाँउपालिका–१ को वडाध्यक्षमा निर्वाचित भएका छन्। ४५ वर्षीय राजकुमार नेपाली कांग्रेसबाट विजयी भएका हुन्। उनले ४५७ मत पाए। उनका प्रतिस्पर्धी नेकपा माओवादी केन्द्रका सुजन रुम्दालीले ४१४ मत ल्याए।राजकुमारकै भाइ ज्ञानेन्द्र रुम्दाली गाउँपालिका अध्यक्षमा निर्वाचित भएका छन्। ज्ञानेन्द्र पनि नेपाली कांग्रेस नै हुन्। तर पार्टीले टिकट नदिएपछि उनले स्वतन्त्र उम्मेदवारी दिएका थिए। धारो चिन्ह पाएका ज्ञानेन्द्रले मतदाताको साथ पाए। मानेभञ्ज्याङमा कांग्रेसले भने माओवादीसँग गठबन्धन समेत गरेको थियो।

३९ वर्षीय ज्ञानेन्द्रले ५ हजार ३१ मत पाए। उनका प्रतिस्पर्धी एमालेका रुपलाल तामाङले ३ हजार ८१६ मत पाएका छन्।यही पालिकाको उपाध्यक्षमा पनि ज्ञानेन्द्रका भाइ दीपेन्द्र रुम्दाली उम्मेदवार थिए। तर उनी भने पराजित भए। जनता समाजवादी पार्टीबाट उपाध्यक्षमा उम्मेदवारी दिएका ३६ वर्षीय दीपेन्द्र कांग्रेससँगै पराजित भए।कांग्रेसकी आश्राचन राईले ४ हजार ७८० मत पाएर निर्वाचित भइन्। दीपेन्द्रले २ हजार ५७७ मत मात्रै पाए।

उता ज्ञानेन्द्रका दाइ ४० वर्षीय जितेन्द्र रुम्दाली धनकुटाको साँगुरीगढी गाँउपालिकाको अध्यक्षमा निर्वाचित भएका छन्। उनी पनि नेपाली कांग्रेसबाटै निर्वाचित भएका हुन्। जितेन्द्रले ५ हजार ३९९ मत पाउँदा उनका प्रतिस्पर्धी कुमारजंग याक्खाले ४ हजार ८२८ मत पाए।

यसअघिको निर्वाचनमा धनकुटाका सबै पालिका एमालेले जितेको थियो।एकै परिवारबाट तीन जना निर्वाचित भएपछि माइला भाइ धिरेन्द्र रुम्दालीले खुसीसँगै जिम्मेवारी पनि बढेको बताए।

अघिल्लो पटक दुवै भाइले हारेका थिए। यस पटक दुवैले बाजी मारे,’ धिरेन्द्रले भने, ‘हाम्रो परिवारलाई यस पटक जनताले न्याय गरेको छ। हामी जनताको सेवा गर्न लाग्ने छौँ।’उनीहरुका आमा भने दुई जना हुन्।

Facebook Comments

जागरण टिभी

ताजा अपडेट

सबै हेनुर्होस

सम्पादकीय

सबै हेनुर्होस

विशेष सम्पादकीय – महिलालाई उपप्रमुखको मात्र जिम्मेवारी किन?

 महिलालाई प्रतिनिधित्वमा ल्याउने होइन आफै आउन सक्ने बनाउनु पर्दछ। त्यसैले सबै महिलाहरु सचेत, शिक्षित, जागरुक र सशक्त बन्दै आत्मविश्वास, दृढ ईच्छाशक्ति तथा आफ्नो क्षमताको विकास गर्दै

Jagaran Post ९ बैशाख २०७९, शुक्रबार २३:१८

बिकास र निकासको संवाहक बनोस – नयाँवर्ष

Jagaran Post १ बैशाख २०७९, बिहीबार ०७:२५

प्रधानमन्त्रीको सम्बोधन – न उत्साह, न नै उत्सुकता !

Jagaran Post ८ माघ २०७८, शनिबार ०८:५५

फितलो कानुन, कमजोर सुरक्षा संयन्त्र

Jagaran Post १ माघ २०७८, शनिबार १०:१८