बुटवलमा बम विस्फोट गराएको आरोपमा ३ जना पक्राउ

Jagaran Post ४ जेष्ठ २०७९, बुधबार १५:५९

बुटवल – रुपन्देहीको बुटवलमा बम विस्फोट गराएको आरोपमा प्रहरीले ३ जनालाई पक्राउ गरेको छ।

वैशाख २८ मा बुटवलस्थित मिलन चोकमा बम विष्फोट गराउने ३ जनालाई पक्राउ गरिएको रुपन्देहीका एसपी रविन्द्र रेग्मीले जानकारी दिए।

उनका अनुसार पक्राउ पर्नेमा सुरेश खनाल उर्फ कमरेड नेपाल, फणिन्द्र गर्तौला उर्फ राज र शुक्र कुमार श्रेष्ठ उर्फ अशोक रहेका छन्।

उनीहरुलाई जेठ १ गते बुटवल उप–महानगरपालिका–१३ नयाँ गाउँ र सैनामैना नगरपालिका–१ बाट पक्राउ गरिएको एसपी रेग्मीले जानकारी दिए।

घटनास्थलमा नेकपा माओवादी केन्द्रीय समितिले चुनाव बहिष्कारबारे ‘कमरेड नेपाल’ले जारी गरेको विज्ञप्ति भेटिएको थियो। वैशाख २८ मा साँझ बुटवल उप–महानगरपालिका वडा नम्बर–९ मिलनचोकस्थित आकाशेपुल मुनि प्रेसर कुकर बम विष्फोट भएको थियो।

‘निर्वाचन बहिष्कार गरौँ’ भन्ने पम्प्लेटसहित पक्राउ गरिएका आरोपीहरुलाई विष्फोटक पदार्थसम्बन्धी कसुरमा अदालतबाट म्याद लिएर अनुसन्धान गरिरहेको उनले बताए।

Facebook Comments

जागरण टिभी

ताजा अपडेट

सबै हेनुर्होस

सम्पादकीय

सबै हेनुर्होस

नक्कली भुटानी शरणार्थी प्रकरण : ओलीको अस्वाभाविक चलखेल

नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाईदिने `धन्दा´ नै चलाएर मोटो रकम असुल्दै आएका नेपालका हाईप्रोफाईल नेतादेखि कर्मचारीसम्म एकाएक मुछिएर आएपछि नेपालको राजनीति मात्र तरंगित बनेको

Bijay Gyawali २३ बैशाख २०८०, शनिबार २३:१७

तीन चुनाव , तीन सन्देश

Bijay Gyawali १३ बैशाख २०८०, बुधबार १४:३३

अन्तर्राष्ट्रिय महिला दिवस – दुर्गममा पिल्सिएका महिलाको क्रन्दन सुनियोस

Bijay Gyawali २४ फाल्गुन २०७९, बुधबार ०६:०६

विशेष सम्पादकीय – महिलालाई उपप्रमुखको मात्र जिम्मेवारी किन?

Jagaran Post ९ बैशाख २०७९, शुक्रबार २३:१८