विराटनगर महानगर- ५ मा कांग्रेसका प्यानलैसहित विजयी

Jagaran Post ६ जेष्ठ २०७९, शुक्रबार १०:२९

विराटनगर- विराटनगर महानगरपालिकाको वडा नम्बर ५ मा नेपाली कांग्रेस प्यानलसहित विजयी भएकाे छ।

निर्वाचन अधिकृतको कार्यालयका अनुसार वडा नम्बर ५ मा ४७ वर्षीय सन्ताेष न्यौपानेले १ हजार ९९४ मतसहित वडाध्यक्षमा निर्वाचित भएका हुन्।

उनले निकटतम प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार मीनकुमार आचार्यलाई १ हजार ३५ मतको फराकिलो अन्तरले पराजित गरेका हुन्। ४९ वर्षीय आचार्यले ९५९ मत पाएका छन्।

वडामा कांग्रेसतर्फका उम्मेदवार दलित महिला सदस्यमा राधादेवी पासवान, महिला सदस्यमा अञ्जु दाहाल र खुल्लातर्फ सदस्यमा रोमबहादुर भट्टराई, र सूर्यलाल उराउ विजयी भएका छन्। यस वडामा ५ हजार ६९१ मत खसेको थियो।

यसअघि २०७४ सालको निर्वाचनमा एमालेका उम्मेदवार आचार्यले नै कांग्रेसका उम्मेदवार उद्धव कोइरालाविरुद्ध ४८ मतको अन्तरले जित निकालेका थिए।

सो समय वडा सदस्यमा तत्कालीन संघीय समाजवादी फोरमले १ र बाँकी सदस्यमा कांग्रेसले जितेको थियो।

Facebook Comments

जागरण टिभी

ताजा अपडेट

सबै हेनुर्होस

सम्पादकीय

सबै हेनुर्होस

लुम्बिनी बिकास कोष – पवित्र धर्तीमा अपवित्र हर्कत !

सरकारले लुम्बिनी बिकास कोष को उपाध्यक्षमा चरम बिबादास्पद ब्याक्तिलाई नियुक्त गरेसंगै सरकारको चौतर्फी आलोचना भैरहेको छ। दलिय भागवण्डाको राजनितिले भगवान गौतम बुद्धको पवित्र जन्मस्थल लुम्बिनीलाई

Bijay Gyawali २२ श्रावण २०८०, सोमबार १२:४६

नक्कली भुटानी शरणार्थी प्रकरण : ओलीको अस्वाभाविक चलखेल

Bijay Gyawali २३ बैशाख २०८०, शनिबार २३:१७

तीन चुनाव , तीन सन्देश

Bijay Gyawali १३ बैशाख २०८०, बुधबार १४:३३

अन्तर्राष्ट्रिय महिला दिवस – दुर्गममा पिल्सिएका महिलाको क्रन्दन सुनियोस

Bijay Gyawali २४ फाल्गुन २०७९, बुधबार ०६:०६