खाद्य व्यवस्था तथा व्यापार कम्पनीको खाद्यान्न तुइनबाट ढुवानी हुँदै

Jagaran Post ६ जेष्ठ २०७९, शुक्रबार १२:४७

सिमकोट- खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको खाद्यान्न तुइनबाट ढुवानी हुँदै आएको छ। कर्णाली नदीमा पुल नभएपछि नयाँ तुइन निर्माण गरेर खाद्यान्न ढुवानी गर्न थालिएको हो।

जिल्लाका लागि निर्धारित कोटाको खाद्यान्न चङ्खेली र सर्केगार्ड गाउँपालिकाको सलीसल्लाको कर्णाली नदीमा तुइनबाट खाद्यान्न ढुवानी गरिँदै आएको लिमिटेड हुम्ला शाखाका प्रमुख कृष्णप्रसाद आचार्यले जानकारी दिए।

कर्णाली करिडोरको सलीसल्लासम्म नेपालगञ्ज र सुर्खेतबाट गाडीमा ढुवानी गरिएको खाद्यान्नलाई तुइन ढुवानी गरेर कर्णाली पारि तार्ने गरिएको उनकाे भनाइ छ।

खाद्यान्नलाई तुइनबाट ढुवानी गरी नयाँ गोदाम निर्माण गरेर राख्ने गरिएको छ। यसका लागि आठ जना कामदारलाई खाद्यान्न तुइनमा ढुवानी गर्ने जिम्मा लगाइएकाे छ।

तुइन तरेको खाद्यान्नलाई ट्याक्टरबाट सलीसल्लामै निर्माण गरेको हेलिप्याड नजिकको गोदाममा राख्ने गरिएको छ। उक्त स्थानबाट भने हेलिकोप्टरबाट खाद्यान्न ढुवानी हुँदै आएको छ।

यसरी तुइनबाट पाँच हजारभन्दा बढी खाद्यान्न ढुवानी गर्नुपर्ने शाखाले जनाएको छ। शाखाको गोदामका लागि हवाइमार्गबाट खाद्यान्न ढुवानी हुनुपर्नेमा हवाइजहाजले खाद्यान्न ढुवानी गर्न छोडेपछि सप्लायर्स कम्पनीले उक्त उपाय अपनाउनु परेको जनाएको छ।

Facebook Comments

जागरण टिभी

ताजा अपडेट

सबै हेनुर्होस

सम्पादकीय

सबै हेनुर्होस

लुम्बिनी बिकास कोष – पवित्र धर्तीमा अपवित्र हर्कत !

सरकारले लुम्बिनी बिकास कोष को उपाध्यक्षमा चरम बिबादास्पद ब्याक्तिलाई नियुक्त गरेसंगै सरकारको चौतर्फी आलोचना भैरहेको छ। दलिय भागवण्डाको राजनितिले भगवान गौतम बुद्धको पवित्र जन्मस्थल लुम्बिनीलाई

Bijay Gyawali २२ श्रावण २०८०, सोमबार १२:४६

नक्कली भुटानी शरणार्थी प्रकरण : ओलीको अस्वाभाविक चलखेल

Bijay Gyawali २३ बैशाख २०८०, शनिबार २३:१७

तीन चुनाव , तीन सन्देश

Bijay Gyawali १३ बैशाख २०८०, बुधबार १४:३३

अन्तर्राष्ट्रिय महिला दिवस – दुर्गममा पिल्सिएका महिलाको क्रन्दन सुनियोस

Bijay Gyawali २४ फाल्गुन २०७९, बुधबार ०६:०६