काठमाडौँ – नेपालका २६ जना शिक्षकको टोली इजरायलमा भएको ‘पेडागोजिकल इनोभेसन’ सम्बन्धी अन्र्तराष्ट्रिय पाठ्यक्रम पठनमा सहभागी भएका छन्। यो कार्यक्रम जेरुसेलममा रहेको अन्तरराष्ट्रिय शैक्षिक तालिम केन्द्र (एमइटिसी) ले The AharonOfri MASHAV सँगको सहकार्यमा आयोजना गरेको हो।
शैक्षिक पाठ्यक्रममा दिगो विकासका लक्ष्यहरु सहित शैक्षिक प्रणालीमा नयाँ उपकरण र कार्यान्वयन विकासका लागि ज्ञान प्रदान गर्ने उद्देश्यले उक्त तालिम आयोजना गरिएको हो।
तालिममा सहभागी भएकाहरुलाई व्याख्या र छलफलमा मात्र केन्द्रित नगराई इजरायलका स्कुल, शैक्षिक केन्द्रहरु, शैक्षिक प्रशिक्षण संख्याहरु लैजानुका साथै इजरायलका शैक्षिक स्रोत केन्द्रहरुमा अध्ययन भ्रमण लगिएको थियो। योसँगै सेमिनारमा इजरायलका पर्यटकीय स्थलहरुमा समेत भ्रमण गराइएको थियो।
कोरोन भाइरस महामारीपछि मासहभ तालिममा सहभागी हुने यो पहिलो समुह रहेको इजरायल दूतावासले जनाएको छ।
उनीहरुले लिएको तालिमलाई व्यवहाररिक रुपमा लागु गर्दै विद्यार्थीको पढाईमा सघाउ पु¥याउने दूतावासले विश्वास लिएको छ।
शिक्षा, कृषि, स्वास्थ्य, उद्यमशीलता लगायत विभिन्न सम्बन्धित विषयका लागि मासहभ तिलिम लिन तीन हजार भन्दा बढी नेपाली इजरायल पुगिसकेका छन्।
त्यसैगरी विदेश मन्त्रालयमा अन्र्तराष्ट्रिय विकास सहयोगका लागि मासहभ इजरायल एजेन्सीले विकासशील देशहरुसँग विकास र योजनाका बारेमा आफ्ना अनुभाव साट्दै आइरहेको छ। एमईटीसको स्थापना सन् १९८९ मा हाइगुड सोसाइटी फर ट्रान्सफर अफ टेक्नोलोजीद्वारा मासहभलाई व्यवसायिक रुपमा स्थापना गरिएको थियो।
एमईटीसले इजरायलको शिक्षा मन्त्रालयसँगको सहकार्यमा काम गरिरहेको छ। मन्त्रालयसँगको सहकार्यपछि एमईटीले विश्वभरमा विभिन्न पेशामा आवद्ध हजारौँ जनशक्तिलाई प्रशिक्षण दिदै आएको छ।
कार्यक्रम मे ९ देखि १९ सम्म भएको थियो।