रौतहटमा मतपेटिका लुटेर फरार रहेका अभियुक्तलाई प्रहरीले पक्राउ

Jagaran Post ६ जेष्ठ २०७९, शुक्रबार १७:०१

काठमाडौँ – रौतहट मतदान केन्द्रबाट मतपेटिका लुटेर फरार भएका अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा यमुनामाई गाउँपालिका–२ बस्ने ४६ वर्षीय चन्देश्वर बैठा रहेकाे जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता डिएसपी सुनिल मल्लले जानकारी दिए।

उनका अनुसार बैठालाई घरमै लुकीछिपी बसेको अवस्थामा प्रहरीले फेला पारी पक्राउ गरेको हो।

पक्राउ परेका उनीमाथि निर्वाचन (कसुर तथा सजाय) ऐन, २०७३ बमोजिम कानुनी कारवाहीको लागि रौतहट जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान भइरहेको उनले बताए।

बैठाले वैशाख ३० गते भएको स्थानीय तह निर्वाचनका दिन यमुनामाई गाउँपालिका-२ स्थित श्री मावि भेडियाही स्कुलमा अवस्थित मतदान केन्द्रबाट मतपेटिका लुटेर भागेका थिए।

मतपेटिका लुटेर भाग्दै गरेकाे तस्बिर सामाजिक सञ्जालमा भाइरलसमेत बनेको थियो।

Facebook Comments

जागरण टिभी

ताजा अपडेट

सबै हेनुर्होस

सम्पादकीय

सबै हेनुर्होस

नक्कली भुटानी शरणार्थी प्रकरण : ओलीको अस्वाभाविक चलखेल

नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाईदिने `धन्दा´ नै चलाएर मोटो रकम असुल्दै आएका नेपालका हाईप्रोफाईल नेतादेखि कर्मचारीसम्म एकाएक मुछिएर आएपछि नेपालको राजनीति मात्र तरंगित बनेको

Bijay Gyawali २३ बैशाख २०८०, शनिबार २३:१७

तीन चुनाव , तीन सन्देश

Bijay Gyawali १३ बैशाख २०८०, बुधबार १४:३३

अन्तर्राष्ट्रिय महिला दिवस – दुर्गममा पिल्सिएका महिलाको क्रन्दन सुनियोस

Bijay Gyawali २४ फाल्गुन २०७९, बुधबार ०६:०६

विशेष सम्पादकीय – महिलालाई उपप्रमुखको मात्र जिम्मेवारी किन?

Jagaran Post ९ बैशाख २०७९, शुक्रबार २३:१८