सुडानसहित १४ मुलुक संयुक्तराष्ट्रसंघको मानवअधिकार परिषदमा निर्वाचित

जागरणपोस्ट २ कार्तिक २०७६, शनिबार १०:२३

एसेन्सी – भेनेजुएला, सुडान, पोल्यान्डसहित १४ मुलुक संयुक्त राष्ट्र संघको मानवअधिकार परिषदको सदस्यमा निर्वाचित भएका छन् । संयुक्त राष्ट्र संघको केन्द्रीय कार्यालय न्योयोर्कमा बिहीबार सम्पन्‍न भएको गोप्य मतदानमा भेनेजुएलासहित १४ मुलुक सदस्यमा निर्वाचित भएका हुन् । (नेपाल सन् २०१७ मा परिषदको सदस्यमा सर्वाधिक मत ल्याएर विजयी भएको थियो ।)

४७ राष्ट्र सम्मिलित परिषदले विश्वभरको मानवअधिकारका प्रबर्द्धनमा भूमिका निर्वाह गर्छ । यो मानवअधिकारप्रतिको प्रतिबद्धता व्यक्त गर्ने फोरम हो । संयुक्त राष्ट्रसंघका सदस्य राष्ट्रहरुमा वर्षमा तीनपटक मानवअधिकारको स्थितिका बारेमा अध्ययन गर्ने गर्छ ।

ल्याटिन अमेरिका र क्यारेबियन क्षेत्रको दुई वटा सिटका लागि भएको निर्वाचनमा भेनेजुएला र ब्राजिल निर्वाचित भएका थिए । त्यसैगरी एसिया प्यासेफिक क्षेत्रको चार सिटका लागि भएको निर्वाचनमा इन्डोनेसिया, इराक, जापान, मार्सल आइल्याण्ड र रिपब्लिक अफ कोरियाले प्रतिस्पर्धा गरेका थिए । जसमा इराक पराजित भएको थियो ।

पूर्वी युरोपका दुई सिटका लागि अर्मेनिया, पोल्याण्ड र मोल्डोभाले प्रतस्पर्धा गरेका थिए । जसमा मोल्डोभा पराजित भएको थियो ।

अफ्रिकाको चार सिटका भएको निर्वाचनमा चारै मुलुकले उमेदवारी दिएका थिए । जसमा लिबिया, मउरिटानिया, नामेबिया र सुडान सर्वसम्मत निर्वाचित भएका हुन् ।

पश्चिमी युरोपका दुई सिटमा पनि सर्वसम्मत जर्मनी र नेदरल्याण्ड निर्वाचित भएका हुन् ।

नवनिर्वाचित १४ मुलुकले तीन वर्षका लागि सदस्यता प्राप्त गरेका हुन् । संयुक्त राष्ट्रसंघका १९३ सदस्य राष्ट्रमा ४७ मुलुकमात्रै परिषदमा सहभागी हुन पाउँछन् ।

यसपटक अफ्रिकाबाट इजिप्ट, रुवाण्डा, दक्षिण अफ्रिका र ट्युनिसिया बाहिरिएका हुन् । त्यसैगरि एसिया प्यासिफिकबाट चीन, इराक, जापान र साउदी अरेबिया; पूर्वि युरोपबाट क्रोएसिया र हंगेरी; पश्चिमी युरोप र अन्य क्षेत्रबाट आइसल्याण्ड र संयुक्त राज्य बेलायत बाहिरिएका हुन् ।

त्यसैगरी ल्याटिन अमेरिका र क्यारेबियन क्षेत्रबाट क्युबा बाहिरिने समय आएको छ । उक्त स्थान भेनेजुएलाले लिएको हो । त्यसैगरी ब्राजिलको पनि समय सिद्धिनै लागेको बेला पुन: निर्वाचित भएको हो ।

नवनिर्वाचित मुलुकहरु २०१९ डिसेम्बर ३१ देखि तीन वर्षसम्म जिम्मेवारीमा रहनेछन् ।

परिषद्मा अफ्रिकाबाट १३, एसिया प्यासिफिबाट १३, पूर्वी युरोपबाट ६, पश्चिम युरोपबाट ७, ल्याटिन अमेरिका र क्यारेबियनबाट ८ गरी कुल ४७ सदस्य रहन्छन् ।

संयुक्त राष्ट्रसंघको मानव अधिकार परिषद्मा नेपाल सन् २०१७ मा भएको निर्वाचनमा एसिया प्यासेफिक क्षेत्रबाट सबैभन्दा बढी मत ल्याएर विजयी भएको थियो ।

२०२०, जनवरी १ देखि जिम्मेवारी बहन गर्ने नयाँ सदस्य मुलुकहरुको सूची

अफ्रिका क्षेत्र : एंगोला, बुर्किना फासो, क्यामरुन, डेमोक्रेटिक रिपब्लिक अफ कंगो, इरिट्रिया, लिबिया, माउरिसानीया, नामेबिया, नाइजेरिया, सेनेगल, सोमालिया, सुडान, टोगो

एसिया प्यासिफक : अफगानिस्तान, बहराइन, बंगलादेश, फिजि, भारत, इन्डोनेसिया, जापान, मार्सल आइल्याण्ड, रिपब्लिक अफ कोरिया, नेपाल, पाकिस्तान, फिलिपिन्स, कतार

पूर्वी यरोप : अर्मेनिया, बुल्गेरिया, चेक रिपब्लिक, पोल्याण्ड, स्लोभाकिया, युक्रेन

ल्याटिन अमेरिका र क्यारेबियन : अर्जेन्टिना, बहमास, ब्राजिल, चिलि, मेक्सिको, पेरु, उरुग्वे, भेनेजुएला

पश्चिमी युरोपबाट : अस्ट्रेलिया, अस्ट्रिया, डेनमार्क, जर्मनी, इटाली, नेदरल्याण्ड र स्पेन रहेका छन।

Facebook Comments

जागरण टिभी

ताजा अपडेट

सबै हेनुर्होस

सम्पादकीय

सबै हेनुर्होस

विशेष सम्पादकीय – महिलालाई उपप्रमुखको मात्र जिम्मेवारी किन?

 महिलालाई प्रतिनिधित्वमा ल्याउने होइन आफै आउन सक्ने बनाउनु पर्दछ। त्यसैले सबै महिलाहरु सचेत, शिक्षित, जागरुक र सशक्त बन्दै आत्मविश्वास, दृढ ईच्छाशक्ति तथा आफ्नो क्षमताको विकास गर्दै

Jagaran Post ९ बैशाख २०७९, शुक्रबार २३:१८

बिकास र निकासको संवाहक बनोस – नयाँवर्ष

Jagaran Post १ बैशाख २०७९, बिहीबार ०७:२५

प्रधानमन्त्रीको सम्बोधन – न उत्साह, न नै उत्सुकता !

Jagaran Post ८ माघ २०७८, शनिबार ०८:५५

फितलो कानुन, कमजोर सुरक्षा संयन्त्र

Jagaran Post १ माघ २०७८, शनिबार १०:१८