शेयर बजार आज पनि दाेहाेराे अङ्कले बढ्याे

Jagaran Post ११ जेष्ठ २०७९, बुधबार १५:२२

काठमाण्डाै – शेयर बजार परिसूचक नेप्से आज बुधवार पनि दोहोरो अङ्कले बढेको छ । हिजो मङ्गलवार १६ अङ्कले बढेको नेप्से आज १४ दशमलव ३७ अङ्कले बढेर दुई हजार दुई सय ३१ दशमलव ५७ विन्दुमा पुगेको छ ।

आज सबै समूहको शेयर बढेको छ । दुई सय २६ कम्पनीको २६ लाख ९४ हजार कित्ता शेयर एक अर्ब चार करोड रुपैयाँमा कारोबार भएको छ । सबैभन्दा धेरै माथिल्लो तामाकोसीको आठ करोड ३४ लाख रुपैयाँ बराबरको शेयर किनबेच भयो ।

आज बलेफी हाइड्रोपावर, मैलुङ खोला जलविद्युत् कम्पनी, सिङ्गटी हाइड्रो इनर्जी र गुराँस लघुवित्तको शेयर पाँच प्रतिशतभन्दा धेरैले बढेको छ । समग्र बजार बढे पनि कर्पाेरेट विकास बैंक शेयर सबैभन्दा धेरै सात प्रतिशतभन्दा धेरैले घटेको छ ।

Facebook Comments

जागरण टिभी

ताजा अपडेट

सबै हेनुर्होस

सम्पादकीय

सबै हेनुर्होस

विशेष सम्पादकीय – महिलालाई उपप्रमुखको मात्र जिम्मेवारी किन?

 महिलालाई प्रतिनिधित्वमा ल्याउने होइन आफै आउन सक्ने बनाउनु पर्दछ। त्यसैले सबै महिलाहरु सचेत, शिक्षित, जागरुक र सशक्त बन्दै आत्मविश्वास, दृढ ईच्छाशक्ति तथा आफ्नो क्षमताको विकास गर्दै

Jagaran Post ९ बैशाख २०७९, शुक्रबार २३:१८

बिकास र निकासको संवाहक बनोस – नयाँवर्ष

Jagaran Post १ बैशाख २०७९, बिहीबार ०७:२५

प्रधानमन्त्रीको सम्बोधन – न उत्साह, न नै उत्सुकता !

Jagaran Post ८ माघ २०७८, शनिबार ०८:५५

फितलो कानुन, कमजोर सुरक्षा संयन्त्र

Jagaran Post १ माघ २०७८, शनिबार १०:१८