ललितपुरको बगलामुखी मन्दिरबाट चाँदीको मुकुट चोरी भएको छ।
महालक्ष्मी नगरपालिका–६ सानागाउँस्थित बगलामुखी मन्दिरभित्र देवीको मुर्तिको शिरमा राखिएको करिब ८० तोलाको चाँदीको मुकुट गएराति चोरी भएको छ।
मुकुट र चोरीमा संलग्न व्यक्तिको खोजि भइरहेको ललितपुर प्रहरीले जानकारी दिएको छ।