कहिले यात्रुमाथिको व्यवहार त कहिले विभिन्न असुरक्षाका घटनाबाट चर्चामा रहने बुद्ध एयरले फेरि आगोले जलेकी एक महिलालाई बोक्न नमान्दा आलोचित बनेको छ। तत्कालै अस्पताल पुर्याउनुपर्ने अवस्थाको घाइतेलाई पाँच घण्टा विमानस्थलमा कुराएर छाडेर उडेको हो।
बाजुरा बुढिगंगा नगरपालिका १० की २३ वर्षकी आगोले जलेर घाइते भएकी लोकशरी कुँवरलाई बुधबार राति १० बजे बुद्ध एयरले धनगढी विमानस्थलमै छाडेर उडेको हो। हवाई उडानको सेवा घाइतेको उद्धारको लागि पहिलो प्राथमिकतामा हुनुपर्ने हो।
त्यो मान्यताविपरीत बुद्धले भने इमर्जेन्सी उपचार पाउनुपर्ने घाइतेलाई पाँच घण्टा कुराएर अमानवीय ढङ्गबाट छाडेर हिँडे पछि आलोचना भएको छ।
एस्तो किसिमको अमानवीय निन्दनिय काम गर्ने बुद्ध एयर जतो नाम कमाएको कम्पनीले बिल्कुल सुहाउँदैन सरकारले एस्ता घटना गर्ने कम्पनी लाई नसिहत दिने हो या कारबाही गर्ने तुरुन्तै गर्नु पर्छ । भगवान न करे उन्को तेहि केही भएको भए एस्को जिम्मेवारी कस्ले लिन्थ्यो।