काठमाण्डौसहित धेरै ठाउँमा वर्षा, मनसुनी गतिविधि सुरु

Jagaran Post १५ जेष्ठ २०७९, आईतवार ०८:२०

काठमाण्डाै – मनसुन नजिकिएसँगै दिनहुँजसो पानी पर्न थालेको छ । यसपालि समयमानै मनसुन भित्रने अनुमान गरिएको छ । तर मिति भने अहिलेसम्म सार्वजनिक गरिएको छैन ।

जुन १३ तारिखमा नेपालमा मनसुन भित्रने र अक्टोबर २ तारिखमा बाहिरिने भनिए पनि यो समय तलमाथि हुन सक्छ । जुन महिना सुरु हुन तीन दिन मात्र बाँकी छ । जुन महिना नजिकिएसँगै मनसुनी गतिविधि पनि सक्रिय हुन थालेको मौसमविद्ले बताएका छन् ।

मौसमविद् प्रतिभा मानन्धरकाअनुसार प्रि-मनसुन अन्त्यतिर पुगेको छ । यसपालि प्रि-मनसुनमा धेरै पानी परेको छ । मार्च, अप्रिल र मे तीन महिनालाई प्रि मनसुन मानिन्छ ।  मे र अप्रिल महिनामा खासै पानी नपरे पनि मे लाग्ने बित्तिकै पानी पर्ने क्रम बढेको थियो ।

मे १ तारिख अर्थात वैशाख १८ गतेदेखि लगातारजसो पानी परिरहेको छ । प्रि-मनसुनमा  मेघगर्जन, चट्याङ्ग र हावाहुरीसहित क्षेत्रगत रुपमा पानी पर्ने हुन्छ भने मनसुन मेघगर्जन केही कम हुन्छ। तर, क्षेत्रगत रुपमा भन्दा पनि धेरै ठाउँमा लगातारजसो झरी पर्छ ।

मनसुनी गतिविधि सुरु हुँदै गरेकाले केही दिनयता बर्खा लागेजस्तो भएको छ । लगातारजसो पानी परिरहेको छ । अहिले पनि काठमाण्डौसहित वाग्मती, गण्डकी, सुदूरपश्चिम प्रदेश र प्रदेश-१ का केही पहाडी क्षेत्रमा पानी परिरहेको छ । दिउँसो पनि यी क्षेत्रमा पानी पर्ने अनुमान गरिएको छ।

Facebook Comments

जागरण टिभी

ताजा अपडेट

सबै हेनुर्होस

सम्पादकीय

सबै हेनुर्होस

लुम्बिनी बिकास कोष – पवित्र धर्तीमा अपवित्र हर्कत !

सरकारले लुम्बिनी बिकास कोष को उपाध्यक्षमा चरम बिबादास्पद ब्याक्तिलाई नियुक्त गरेसंगै सरकारको चौतर्फी आलोचना भैरहेको छ। दलिय भागवण्डाको राजनितिले भगवान गौतम बुद्धको पवित्र जन्मस्थल लुम्बिनीलाई

Bijay Gyawali २२ श्रावण २०८०, सोमबार १२:४६

नक्कली भुटानी शरणार्थी प्रकरण : ओलीको अस्वाभाविक चलखेल

Bijay Gyawali २३ बैशाख २०८०, शनिबार २३:१७

तीन चुनाव , तीन सन्देश

Bijay Gyawali १३ बैशाख २०८०, बुधबार १४:३३

अन्तर्राष्ट्रिय महिला दिवस – दुर्गममा पिल्सिएका महिलाको क्रन्दन सुनियोस

Bijay Gyawali २४ फाल्गुन २०७९, बुधबार ०६:०६