आन्तरिक उडानमा कडाई गरिएपछि दुर्गमका उडान अन्यौलमा

Jagaran Post १८ जेष्ठ २०७९, बुधबार ०९:२०

आन्तरिक उडानमा जहाजको इनरुटको मौसम सम्बन्धी निर्णय गर्ने अधिकार विमानस्थलले मात्रै गर्ने भएपछि दुर्गम क्षेत्रमा हुने उडान रोकिएको छ ।

अहिलेसम्म पाइलट इन कमान्डमा रहेको अधिकार अब विमानस्थलमा मात्रै सीमित गर्ने निर्णय गरिएपछि इनरुटको मौसमबारे जानकारी कसले दिने भन्ने अन्यौल रहेकाले उडान नभएको तारा एयरका प्रवक्ता सुदर्शन बर्तौलाले जानकारी दिए ।

उनका अनुसार  काठमाडौंबाट दुर्गम क्षेत्रमा उडान हुने जहाजहरू आज कुनै पनि गन्तव्यमा उडेका छैनन् ।

‘मौसमबारे जानकारी कसले दिने भन्ने विषयमा कन्ट्रोल टावरले मौसम विभागलाई देखाएको र एयरलाइन्सहरूलाई मौसम विभागलाई देखाउँछ, एयरलाइन्सलाई मौसमको आधिकारिक जानकारी लिन समस्या भएको छ,’ उनले भने ।

प्रवक्ता बर्तौलाले नागरिक उड्ययन प्राधिकरणले सम्बन्धित निकायको समन्वय बिना भएका यस्ता हचुवा निर्णयले यात्रुहरूले सास्ती बेहोर्नु परेको समेत बताए ।

निर्णय सहि भएपनि, निर्णय कार्यान्वयनका लागि आवश्यक भौतिक पुर्वाधार र समन्वय गरी सुरक्षित उडान गर्ने वातावरण बनाउन उनले अपिल समेत गरेका छन् ।

Facebook Comments

जागरण टिभी

ताजा अपडेट

सबै हेनुर्होस

सम्पादकीय

सबै हेनुर्होस

लुम्बिनी बिकास कोष – पवित्र धर्तीमा अपवित्र हर्कत !

सरकारले लुम्बिनी बिकास कोष को उपाध्यक्षमा चरम बिबादास्पद ब्याक्तिलाई नियुक्त गरेसंगै सरकारको चौतर्फी आलोचना भैरहेको छ। दलिय भागवण्डाको राजनितिले भगवान गौतम बुद्धको पवित्र जन्मस्थल लुम्बिनीलाई

Bijay Gyawali २२ श्रावण २०८०, सोमबार १२:४६

नक्कली भुटानी शरणार्थी प्रकरण : ओलीको अस्वाभाविक चलखेल

Bijay Gyawali २३ बैशाख २०८०, शनिबार २३:१७

तीन चुनाव , तीन सन्देश

Bijay Gyawali १३ बैशाख २०८०, बुधबार १४:३३

अन्तर्राष्ट्रिय महिला दिवस – दुर्गममा पिल्सिएका महिलाको क्रन्दन सुनियोस

Bijay Gyawali २४ फाल्गुन २०७९, बुधबार ०६:०६